News Category 2078/04/05
बन्दको सूचना टाँसेर काम गरेको भन्दै मालपोतमा धर्ना
दैनिक समाचारदाता
राजविराज, ४ साउन ।
राजविराजस्थित भूमिसुधार तथा मालपोत कार्यालयमा सोमबार कार्यालय बन्दको सूचना टाँस गरे पनि भित्रभित्रै काम भइरहेको भन्दै सेवाग्राही तथा लेखापढी व्यवसायीहरुले चर्को नाराबाजी गर्दै धर्ना दिएका छन् ।
लेखापढी व्यवसायी संघ मालपोत इकाईका सचिव बद्रि नारायण यादवले नायब सुब्बा गयाप्रसाद यादवले कार्यालय खुल्ना साथ बिहान १० बजे प्राविधिक कारणले कम्युटर फाँट एक दिनका लागि बन्द रहने सूचना टाँस गरे पनि भित्रभित्रै काम भएको जानकारी दिएका छन् ।
उक्त सूचनामा आ.ब. २०७७÷७८ को मुल्याङ्कन कम्युटरमा प्रविष्ट गर्ने काम विभागको आदेशानुसार एक दिनका लागि बन्द गरिएको उल्लेख गरिएको थियो ।
केही सेवाग्राहीसँग १० देखी २५ हजारसम्म घुस लिई भित्र भित्रै काम गरेको लेखापढी व्यवसायी संघका सचिव यादवले दाबी गरे ।
सचिव यादवले नासु यादवसँगै कम्युटर फाँटका कर्मचारीले सेवाग्राहीसँग १० देखी १५ हजार रुँपैया घुस लिई काम गरेको दाबी गरे ।
उनले दोषि कर्मचारी माथी कारवाही नगरिए मंगलबार पनि कार्यालयको मूल गेटमै धर्नामा बसी कामकाज ठप्प पार्ने चेतावनी समेत दिएका छन् ।
यता प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले उक्त घटना बारे आफूलाई पनि जानकारी आएको भन्दै यसबारे सत्यतथ्य बुझ्ने काम भइरहेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
- 2082/09/01 पाँचौ दिन पनि रिले अनसन जारि
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ