News Category 2078/04/07
मानवअधिकारको सम्मान, प्रवद्र्धन, संरक्षण गर्नका निम्ति मानवअधिकार समिति गठन
दैनिक समाचारदाता
राजविराज, ६ साउन ।
नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवणकुमार देवको संयोजकत्वमा निषेधाज्ञा÷बन्दा बन्दीको समयमा मानवअधिकारको सम्मान, प्रवद्र्धन, संरक्षण र प्रत्याभूति गर्ने उद्देश्यले समिति गठन गरिएको छ ।
राष्ट्रिय मानवअधिकार आयोगको पहलमा बुधबार राजविराजस्थित नेपाल पत्रकार महासंघको सभाहलमा बसेको एक बैठकले उक्त समिति गठन गरेको हो ।
समितिमा उच्च बार इकाईका अध्यक्ष भरत यादव, गैर सरकारी संस्था महासंघका कार्यबाहक अध्यक्ष बलदेव मण्डल, दलित गैरसरकारी संस्था महासंघका अध्यक्ष बौवालाल शर्मा सदस्य छन् ।
यस्तै एकल महिला समूहकी अध्यक्ष अनिता देबकोटा, अपांग महासंघका रामचन्द्र यादव, सेभ द सप्तरीका नरेन्द्र यादव, आदिवासी जनजाती पत्रकार महासंघ सप्तरीका अध्यक्ष प्रियासिंह थारु र सामाजिक अभियन्ता सुनिता साहलाई पनि सदस्यमा चयन गरिएको छ ।
राष्ट्रिय मानवअधिकार आयोगको ऐन, २०६८ को दफा १८ र ३२ (२) अनुसार जारी गरिएको कार्यविधी बमोजिम समिति गठन गरिएको आयोगका प्रदेश २ प्रम्ुख बिरबहादुर बुढा मगरले जनाए ।
कोरोनाबाट उत्पन्न बर्तमान जटिल परिस्थितिमा मानव अधिकारको अवस्था अनुगमन गर्न राष्ट्रिय मानवअधिकार आयोग, नेपाल बार एशोसिएशन, नेपाल पत्रकार महासंघ र गैर सरकारी संस्था महासंघ, नेपाल चिकित्सक संघ था मानवअधिकार क्षेत्रमा क्रियाशिल अन्य पेशागत र बिषयगत महासंघ तथा संजालका प्रतिनिधी सम्मिलित मानव अधिकार संरक्षण समूहको गठन गरी सहकार्यलाई अझ व्यवस्थित गर्न तथा निषेधाज्ञा÷बन्दाबन्दीमा समयमा पनि मानवअधिकारको सम्मान, प्रवद्र्धन, संरक्षण र प्रत्याभूतिका उद्देश्यले राष्ट्रिय मानवअधिकार आयोगको ऐन अनुसार समिति बनाइएको हो ।
बैठकमा आयोगका प्रदेश प्रमुख मगर, मानवअधिकार अधिकृत मनमाया राणा मगर, गैसस महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ध्रुब देवसहितको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ