News Category 2078/04/14
बस पार्क निर्माण कार्यको समय अवधी सकियो, ५० प्रतिशत मात्र काम सम्पन्न
दैनिक समाचारदाता
राजविराज, १३ साउन ।
लामो समयदेखी राजविराज नगरवासीको चाहना र सपनाको रुपमा रहेको ब्यवस्थित बस पार्क निर्माण कम्पनिको ढिलासुस्ति तथा सरोकारवालाको उदासिनताका कारण पूरा हुन सकेको छैन् ।
राजविराज बस पार्क निर्माणका लागि ठेक्का पाएका कम्पनीले समयमै निर्माण कार्य सम्पन्न नगर्दा बस पार्क निर्माण कार्य अन्यौलमा समेत परेको छ ।
निर्माण कार्यको समय अवधी समाप्त भएको सात महिना बितिसक्दा राजदेवी मन्दिर नजिकै ४ कठ जग्गामा निर्माण कार्य अन्यौलमा परेको हो ।
सहरी विकास मन्त्रालयबाट १६ करोड ३८ लाख ९६ हजार ५ सय १९ रुँपैयामा काम गर्ने ठेक्का पाएको काठमाडौंको कुलेश्वरस्थित सिनर्जी विल्डर्स प्रालीले उक्त बस पार्क निर्माणका लागि २०७४ पुस १६ गते सम्झौता गरेको थियो ।
निर्माण कम्पनीले २०७७ साल पुस १८ गते भित्र बस पार्क निर्माण गरिसक्नु पर्ने तर, सुस्त गतिमा काम गर्दा म्याद सकिएको सात महिना भन्दा बढी भइसक्दा पनि ५० प्रतिशत काम मात्र भएको छ ।
निर्माण कम्पनीले कहिले कोरोनाको बहना, निर्माण सामाग्रिहको अभाव तथा मन्त्रालयबाट समयमै रकम निकासा नपाएको भन्दै निर्माण कार्यप्रति आलटाल गरिरहेको स्थानियहरु बताउँछन् ।
राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले विभिन्न कारणले समयमा निर्माण कार्य सम्पन्न गर्न नसकेका ठेकेदार कम्पनिलाई पटक पटक सचेत गराइएको जानकारी दिँदै अब पनि ढिलाई गरे ठेक्का रद्द प्रक्रियासम्म अघि बढाउन पहल गर्ने बताए ।
यता राजविराजको रुपनी सडक, गजेन्द्र चौक, नेता चौक, कुनौली मोड, राम मन्दिर मोड र सखडा रोड लगायतका स्थानबाट अहिले लामो तथा छोटो दुरीको सवारी साधन संचालनमा आउँदै गरेको छ । सडकलाई नै बस पार्क बनाइएको छ भने अर्कोतिर स्वास्थ्यमा गम्भिर असर पु¥याउनुका साथै नगरको सौन्द्रर्यता पनि गुम्दै गएको भन्दै नगरवासीले अविलम्ब यसतर्फ सम्बन्धीत निकायले पहल गर्नुपर्ने माग गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ