News Category 2078/04/15
प्राधिकरणले काटेको लाइन नगरपालिकाले आफै जोड्यो
दैनिक समाचारदाता
राजविराज, १४ साउन ।
नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र राजविराजले विद्युत महसुल बाँकी रहेको भन्दै राजविराज नगरपालिकाको काटेको क स्लाइन २४ घण्टा नबित्दै नगरपालिकाले आफै जोडेको छ ।
जरिवानासहित २० लाख भन्दा बढी रकम विद्युत महसुल वक्यौता नतिरेपछि मंगलबार काटिएको राजविराज नगरपालिकाको विद्युत लाइन बुधबार आफ्नै कर्मचारी लगाएर नगरपालिकाले जोडेको विद्युत प्राधिकरण बितरण केन्द्र राजविराजले जनाएको छ ।
विद्युत प्राधिकरणले राजविराज नगरपालिकालाई विद्युत महसुल वापत बुझाउन बाँकी रहेको वक्यौता तिर्न पटक पटक ताकेता गर्दा पनि नगरपालिका कार्यालयले वेवास्ता गरेपछि गत मंगलबार प्राधिकरणले नगरपालिकाको लाइन काटेको थियो ।
बितरण केन्द्रका निमित्त प्रमुख बिमल साहले विद्युत अभावमा कार्यालयको काम प्रभावित भएको भन्दै नगरपालिकाका विद्युत फाँटका कर्मचारीले पोलबाट लाइन जोडेका जानकारी दिएका छन् ।
महसुल नतिरिकन आफैले लाइन जोडेको थाहा पाएपछि आफ्नै नेतृत्वमा बिहीबार एक टोली नगरपालिका पुगेर आपत्ति प्रकट गरेको निमित्त प्रमुख साहले बताए । बाँकी वक्यौता रकम किस्तामा भएपनि छिटै तिर्ने प्रमुख प्रशासकीय अधिकृत मदन थापासँग भएको मौखिक सहमति पश्चात् आफूहरु फर्किएको उनले बताए ।
प्राधिकरणका निमित्त प्रमुख साहले नगरपालिकाले विभिन्न ठाउँमा ५ वटा मिटर मार्फत विद्युत लाइन उपभोग गर्दै आएको तथा ती सबै वक्यौता जोड्दा जरिवानासहित २० लाख भन्दा बढी पुगेको उल्लेख गरे ।
यता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थापाले विद्युत प्राधिकरण बितरण केन्द्रको बिद्युत महसुल वापतको वक्यौता रकम आपसी सहमतिमा चाडै बुझाउने छलफल भएको बताउँदै प्राधिकरणले लाइन नकाटेको र आफूहरुले पनि आफ्नो कर्मचारी लगाएर लाइन पनि नजोडेको दाबी पनि गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ