News Category 2078/04/16
बैद्य–प्रकाश मानवअधिकार पुरस्कार कर्ण र देवकोटालाई प्रदान
राजविराज/बैद्य–प्रकाश मानवअधिकार पुरस्कारबाट दुई महिला सम्मानित भएकी छिन् ।
बैद्य–प्रकाश मानवअधिकार पुरस्कार कोष सप्तरीले महिला जागरण, शसक्तिकरण, अधिकार संरक्षण र चेतना अभिबृद्धिमा योगदान पुर्याए वापत प्रदेश २ को आन्तरिक मामिला तथा संचार राजय मन्त्री समेत रहेकी रुबी कर्ण र प्रदेश २ एकल महिला समूहकी अध्यक्ष अनिता अधिकारी देवकोटा सम्मानित भएकी हुन् ।
कोषद्वारा शनिबार २९ औं प्रकाश स्मृति दिवसको अवसर कर्णलाई बैद्य–प्रकाश मानवअधिकारी पुरस्कार २०७७ (पाचौं) र देवकोटालाई बैद्य–प्रकाश मानवअधिकार पुरस्कार २०७८ (छेठौ) बाट सम्मानित गरिएको हो ।
लामो समयदेखी महिला जागरण, सशक्तिकरण तथा अधिकार क्षेत्रमा गरेको योगदानको उच्च मुल्याङ्कन गर्दै कर्ण र देवकोटालाई सम्मान गरिएको कोषका संस्थापक अध्यक्ष बैजनाथ झाले बताए ।
सम्मानित हुनेहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले जनही नगद पाँच/पाँच हजार, कदरपत्र तथा दोसल्ला ओढाई सम्मान गरे ।
संस्थापक अध्यक्ष झाको अध्यक्षतामा आयोजित पुरस्कार बितरण तथा सम्मान समारोहमा सहायक प्रमुख जिल्ला अधिकारी नाथु साह, प्रदेश २ मिडिया काउन्सीलका अध्यक्ष शिवहरिप्रसाद भट्टराई, प्रदेश २ जेष्ठ नागरिक संघका अध्यक्ष शंकर सारदा, पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देव, भिमदल गणका गणपति निरज भण्डारी, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली लगायतले शुभकामना दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ