News Category 2078/04/16
बैद्य–प्रकाश मानवअधिकार पुरस्कार कर्ण र देवकोटालाई प्रदान

राजविराज/बैद्य–प्रकाश मानवअधिकार पुरस्कारबाट दुई महिला सम्मानित भएकी छिन् ।
बैद्य–प्रकाश मानवअधिकार पुरस्कार कोष सप्तरीले महिला जागरण, शसक्तिकरण, अधिकार संरक्षण र चेतना अभिबृद्धिमा योगदान पुर्याए वापत प्रदेश २ को आन्तरिक मामिला तथा संचार राजय मन्त्री समेत रहेकी रुबी कर्ण र प्रदेश २ एकल महिला समूहकी अध्यक्ष अनिता अधिकारी देवकोटा सम्मानित भएकी हुन् ।
कोषद्वारा शनिबार २९ औं प्रकाश स्मृति दिवसको अवसर कर्णलाई बैद्य–प्रकाश मानवअधिकारी पुरस्कार २०७७ (पाचौं) र देवकोटालाई बैद्य–प्रकाश मानवअधिकार पुरस्कार २०७८ (छेठौ) बाट सम्मानित गरिएको हो ।
लामो समयदेखी महिला जागरण, सशक्तिकरण तथा अधिकार क्षेत्रमा गरेको योगदानको उच्च मुल्याङ्कन गर्दै कर्ण र देवकोटालाई सम्मान गरिएको कोषका संस्थापक अध्यक्ष बैजनाथ झाले बताए ।
सम्मानित हुनेहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले जनही नगद पाँच/पाँच हजार, कदरपत्र तथा दोसल्ला ओढाई सम्मान गरे ।
संस्थापक अध्यक्ष झाको अध्यक्षतामा आयोजित पुरस्कार बितरण तथा सम्मान समारोहमा सहायक प्रमुख जिल्ला अधिकारी नाथु साह, प्रदेश २ मिडिया काउन्सीलका अध्यक्ष शिवहरिप्रसाद भट्टराई, प्रदेश २ जेष्ठ नागरिक संघका अध्यक्ष शंकर सारदा, पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देव, भिमदल गणका गणपति निरज भण्डारी, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली लगायतले शुभकामना दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ