News Category 2078/04/16
अमेरिकामा बस्दै आएका नेपालीद्वारा विद्यालयमा कम्प्युटर ल्याब स्थापना
राजविराज/सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ४ कोइलाडीस्थित राजेन्द्र देवकी माध्यमिक विद्यालयमा डिट्रोइट म्याराथुन २०२० र एशोसिएसन अफ नेप्लिजइन मिडवेस्ट अमेरिका (अन्मा) को सहयोगमा शनिबार कम्प्युटर ल्याबको उद्घाटन गरिएको छ ।
सो अवसरमा तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंह र अन्मा प्रतिनिधी कुन्दन शर्मा मिश्रले संयुक्त रुपमा उक्त ल्याबको उद्घाटन गर्दै अध्यक्ष सिंहले कम्प्युटर ल्याबको स्थापनाले विद्यार्थीहरुलाई सूचना प्रविधिमा पहुँच पुग्ने बताए ।
अन्माका प्रतिनिधी मिश्रले विद्यार्थीहरुलाई सूचना प्रविधिमा पहुँच पुर्याई दक्ष जनशक्ति उत्पादन गर्नमा मद्दत पुर्याउने उद्देश्यले कम्प्युटर ल्याबको स्थापना गरिएको जानकारी दिए ।
तेह्रथुम जिल्लाको जलजलेमा जन्मेका अमेरिकामा बस्दै आएका डा. ओम प्रसाद दहालले शुरु गरेका डिट्रोइट म्याराथुन २०२० र एशोसिएसन अफ नेप्लिजइन मिडवेस्ट अमेरिका (अन्मा) को सहकार्यमा विश्वका विभिन्न नौ वटा देशमा बसोबास गर्दै आएका नेपालीसहितका ब्यक्तिहरुको सहयोगमा उक्त विद्यालयलाई २० थान कम्प्युटर, एक थान प्रिन्टर र एक थान प्रोजेक्टर शनिबार प्रदान गरिएको छ ।
अन्माले सो विद्यालयसँगै सिरहाको जनता चेथरु जितेन माध्यमिक विद्यालयक विलासी र जनता माध्यमिक विद्यालय सुखिपुरलाई गरी ६० थान कम्प्युटर, तीन थान प्रिन्टर र तीन थान प्रोजेक्टर सिरहा–सप्तरी कम्प्युटर ल्याब हस्तान्तरण कार्यक्रम अन्तर्गत प्रदान गरिएको अन्माका प्रतिनिधी कुन्दन शर्मा मिश्रले जानकारी दिएका छन् ।
आयोजित कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिकाका कार्यक्रम अधिकृत राजेशकुमार झा, अन्माका प्रतिनिधी ई. सुरेन्द्र कुमार साह, नेत्र प्रसाद गुरागाई, विद्यालयका प्रधानाध्यापक दिपेन्द्र झासहितकाले कम्प्युटर ल्याबले बालबालिकाको शैक्षिक उन्नयनमा महत्वपूर्ण योगदान पुग्ने बताए । कार्यक्रममा अन्माका प्रतिनिधीहरुलाई विद्यालयको तर्फबाट गम्छा तथा कदर पत्रले सम्मान गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ