News Category 2078/04/18
तीन सय ३४ कैदीबन्दीले लगाए कोरोना बिरुद्धको खोप
दैनिक समाचारदाता
राजविराज, १७ असोज ।
राजविराज कारागारमा रहेका कैदीबन्दी मध्ये ३ सय ३४ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।
कारागार कार्यालय राजविराजका अनुसार आइतबारसम्ममा कारागारमा रहेका दुई ब्लकका गरि १३ महिलासहित ३ सय ५९ मध्ये ३ सय ३४ जनाले कोरोना बिरुद्धको खोप लगाइसकेका छन् ।
एक सय २५ क्षमता रहेको उक्त कारागारमा हाल ३ सय ५९ जना कैदीबन्दी राखिएका छन् । क्षमता भन्दा तेब्बर कैदीबन्दीलाई कोचाकोच गरि राख्दा व्यवस्थापन र सुरक्षा चुनौतीसँगै कोरोनाको जोखिम समेत बढाएकाले कोरोना बिरुद्धको खोपलाई उच्च प्राथमिकता दिएको कारागार प्रशासनले जनाएको छ ।
कारागारका खरीदार संजिव देवले एक जना कैदीबन्दीमा संक्रमण देखिने बित्तिकै अन्य पनि त्यसको चपेटामा पर्ने सम्भावना रहेकोले कारागारका कैदीबन्दीलाई धमाधम कोरोना बिरुद्धको खोप लगाउन थालिएको जानकारी दिए ।
एकातिर क्षमता भन्दा तेब्बर कैदीबन्दीले साँघुरो बनेको भवन अर्कोतिर सीमित शौचालयका कारण कोरोनाको जोखिम बढेको उनको भनाई छ ।
केही दिन यता कैद भुक्तानका लागि आएका नयाँ २०/२५ जना भने खोप लिन बाँकी रहेकोले उनीहरुलाई पनि छिट्टै खोप दिलाउन जिल्ला स्वास्थ्य कार्यालयसँग आवश्यक पहल थालिएको उनले बताए ।
यता कारागारमा कोचाकोच गरि कैदीबन्दी राख्नु पर्दा सुरक्षा र व्यवस्थापनको चुनौतीसँगै सामाजिक दुरी र स्वास्थय मापदण्ड पालना गराएर राख्न पनि समस्या भइरहेको उनले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ