News Category 2078/04/18
तीन सय ३४ कैदीबन्दीले लगाए कोरोना बिरुद्धको खोप

दैनिक समाचारदाता
राजविराज, १७ असोज ।
राजविराज कारागारमा रहेका कैदीबन्दी मध्ये ३ सय ३४ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।
कारागार कार्यालय राजविराजका अनुसार आइतबारसम्ममा कारागारमा रहेका दुई ब्लकका गरि १३ महिलासहित ३ सय ५९ मध्ये ३ सय ३४ जनाले कोरोना बिरुद्धको खोप लगाइसकेका छन् ।
एक सय २५ क्षमता रहेको उक्त कारागारमा हाल ३ सय ५९ जना कैदीबन्दी राखिएका छन् । क्षमता भन्दा तेब्बर कैदीबन्दीलाई कोचाकोच गरि राख्दा व्यवस्थापन र सुरक्षा चुनौतीसँगै कोरोनाको जोखिम समेत बढाएकाले कोरोना बिरुद्धको खोपलाई उच्च प्राथमिकता दिएको कारागार प्रशासनले जनाएको छ ।
कारागारका खरीदार संजिव देवले एक जना कैदीबन्दीमा संक्रमण देखिने बित्तिकै अन्य पनि त्यसको चपेटामा पर्ने सम्भावना रहेकोले कारागारका कैदीबन्दीलाई धमाधम कोरोना बिरुद्धको खोप लगाउन थालिएको जानकारी दिए ।
एकातिर क्षमता भन्दा तेब्बर कैदीबन्दीले साँघुरो बनेको भवन अर्कोतिर सीमित शौचालयका कारण कोरोनाको जोखिम बढेको उनको भनाई छ ।
केही दिन यता कैद भुक्तानका लागि आएका नयाँ २०/२५ जना भने खोप लिन बाँकी रहेकोले उनीहरुलाई पनि छिट्टै खोप दिलाउन जिल्ला स्वास्थ्य कार्यालयसँग आवश्यक पहल थालिएको उनले बताए ।
यता कारागारमा कोचाकोच गरि कैदीबन्दी राख्नु पर्दा सुरक्षा र व्यवस्थापनको चुनौतीसँगै सामाजिक दुरी र स्वास्थय मापदण्ड पालना गराएर राख्न पनि समस्या भइरहेको उनले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/01 हात्ती धपाउन करेन्ट लगाइको तारमा टाँसिएर दम्पत्तिको मृत्यु
- 2082/04/29 खडक नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टिकरण सोध्दा विवाद
- 2082/04/28 संविधान संशोधन गरी पुर्नलेखन गर्नुपर्र्छ ः अध्यक्ष यादव
- 2082/04/28 निशुल्क आँखा शिविरमा २ सय ६२ जनाले लिए सेवा
- 2082/04/28 करेन्ट लागेर एकको मृत्यु
- 2082/04/27 मधेशमा शिक्षाको अवस्था कमजोर हुनुको मुख्य कारण विद्यालय व्यवस्थापन समिति ः मुख्यमन्त्री सिंह
- 2082/04/27 जिप्रकाबाट कुनै पनि सञ्चारमाध्यम दर्ता प्रक्रियामा नजान आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलको आग्रह
- 2082/04/27 औद्योगिक क्षेत्रको विकासमा मधेश सरकार प्रतिबद्ध छ ः मुख्यमन्त्री सिंह
- 2082/04/26 माइक्रो र बस ठोकिदा सप्तरीका तीन जनासहित पाँचको मृत्यु
- 2082/04/26 राजविराज नगरवासीद्वारा गठित संघर्ष समितिले ग¥यो चौथो चरणको आन्दोलन घोषणा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ