News Category 2078/04/18
छिन्नमस्ता भगवतीको मुकुटसहित चोरीका अभियुक्त पक्राउ
दैनिक समाचारदाता
राजविराज, १८ साउन ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ स्थित आइतबार राती चोरी भएको छिन्नमस्ता भगवतीको मुकुटसहित चोरीका अभियुक्त सोमबार बिहान पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले चोरी भएको मुकुटसहित जिल्लाको विष्णुपुर गाउँपालिका ५ मझाउ गाउँ निवासी २३ वर्षिय राजेश कुमार मण्डललाई पक्राउ गरेको जनाएको छ ।
सोमबार बिहान ७ बजेतिर घरमै रहेको पूजा घरमा चोरी गरिएको मुकुट राखी बसिरहेको अवस्थामा पक्राउ परेका मण्डललाई सोमबार दिउँसो पत्रकार सम्मेलनको आयोजना गरि प्रहरीले सार्वजनिक समेत गरेको छ ।
छिन्नमस्ता भगवतीको मस्तकबाट चोरी गरिएको ५ सय ८ ग्राम तौलको चाँदीको मुकुट चोरी गर्ने मण्डलको मानसिक अवस्था ठीक नभएको प्रहरीले जनाएको छ । उनले गाउँमै मन्दिर बनाउने भनी योजनाका साथ उक्त मुकुट झिकेर कालो ब्यागमा राखी मन्दिरबाट निस्केको खुलेको छ ।
आइतबार साँझ ७:३० बजेतिर मन्दिरका पूजारीहरु सन्ध्याकालिन आरतीका लागि मन्दिर परिसरमै रहेको पोखरीतर्फ लागेका बेला उनी भित्र छिरेको प्रहरीको भनाई छ ।
कोरोनाको जोखिमलाई ध्यानमा राखी दुई महिना भन्दा बढी समयदेखी मन्दिर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । नियमित पूजापाठ बाहेकका सम्पूर्ण कार्यहरु बन्द गरिएको छ । तर, यस्तो अवस्थामा पनि मन्दिरमा चोरी हुनु दु:खद र आश्चर्यपूर्ण विषय भएको भन्दै स्थानियले अविलम्ब आवश्यक सुरक्षा व्यवस्था मिलाउन माँग गरेका छन् ।
यता मण्डललाई सोमबारै सप्तरी जिल्ला अदालतमा उपस्थित गराई चोरी मुद्दामा पक्राउ पूर्जी समर्थन गराई थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक राजेन्द्र धमलाले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ