News Category 2078/04/18
ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु, दुई घाइते
दैनिक समाचारदाता
राजविराज, १८ साउन ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको खडक नगरपालिका ४ अमहामा सोमबार साँझ भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार पश्चिमबाट पुर्बतर्फ जादै गरेको बा.२ख. ५६८२ नं.को बसलाई सोही दिशाबाट जादै गरेको स.११प. ४०३८ न.को मोटरसाइकलले ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई विपरित दिशाबाट आउदै गरेको र प्र.न.२–०१–००१ प ९५५६ न.को मोटरसाइकलमा ठोकिदा दुर्घटना भएको हो ।
सो दुर्घटनामा स.११.प. ४०३८ नं. को मोटरसाइकल चालक सप्तरीको शम्भुनाथ ७ बस्ने २८ वर्षिय बुद्धसागर चौधरीको घटनास्थलमै तथा प्र.न.२–०१–००१ प ९५५६ न. को मोटरसाइकल चालक सिरहाको लहान १७ बस्ने २८ वर्षिय रामशंकर यादवको उपचारका क्रममा मृत्यु भएको छ ।
यस्तै घाइते हुनेमा स.११.प. ४०३८ नं. को मोटरसाइकल पछाडी सवार सप्तरीको शम्भुनाथ ७ बस्ने २८ वर्षिय आनन्द चौधरी र प्र.न.२–०१–००१ प ९५५६ न.को मोटरसाइकल पछाडी सवार सिरहाको लहान २० बस्ने २३ वर्षिया सोनम चौधरी रहेका छन् । ती दुबैको लहानस्थित अस्पतालमा उपचार भइरहेको छ ।
यता दुर्घटना भएका मोटरसाइकल, बस र बसका चालक प्रहरी नियन्त्रणमा रहेको थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ