News Category 2078/04/22

पोखरीमा हामफालेर एक व्यक्तिको मृत्यु

दैनिक समाचारदाता

पोखरीमा हामफालेर एक व्यक्तिको मृत्यु

दैनिक समाचारदाता
राजबिराज, २२ साउन ।
    सप्तरीको कंचनरुप नगरपालिकास्थित माछा पालन गरिएको पोखरीमा हामफालेर एक व्यक्तिको मृत्यु भएको छ ।
    प्रहरीका अनुसार कंचनरुप नगरपालिका ९ बिष्णु मन्दिर पछाडि रहेको माछा पालन गरिएको पोखरीमा बिहीबार साँझ सोही नगरपालिका १२ रुपनगरका ६० वर्षिय बिरजु सरदारले पोखरीको डिलमा लुगा र चप्पल फुकालेर हाम फोलेका हुन् । 
    पोखरीको पानीमा हामफाली डुबेको देखेर स्थानियले प्रहरीलाई खबर गरेलगत्तै गोताखोरले पोखरीमा खोजतलास गर्दा लाश फेला नपरेको तथा राती परिसकेकोले शुक्रबार पुन: पोखरीमा खोजतलास गर्दा बिहान ६ बजेतिर बिरजु सरदारको लास फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    यता मृतकको लाश कानुन बमोजिम मुचुल्का बनाउने कार्य सम्पन्न गरि सो घटना बारे थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट