News Category 2078/04/22
उपेन्द्र यादवकै कारण पार्टी बिखण्डन : राजेन्द्र महतो
दैनिक समाचारदाता
राजबिराज, २२ साउन ।
जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र महतोले पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादवका कारण पार्टी बिखण्डन भएको आरोप लगाएका छन् । राजविराजमा शुक्रबार आफ्ना पक्षका अगुवा पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सो आरोप लगाउँदै अहिले मधेशी एकता फोडेर उपेन्द्र यादवले ठूलो अपराध गरेको टिप्पणी समेत गरे ।
निर्वाचन आयोगले पनि उनलाई आधिकारिता दिँदै उक्त इच्छा पुरा गरिदिएको बताउँदै नेता महतोले मधेशी एकता खण्डित गर्नेहरुसँग सजग रहन कार्यकर्ताहरुलाई सुझाव पनि दिए ।
उनले अधिकार प्राप्तिका लागि ताकत चाहिन्छ, ताकतका लागि एकता चाहिन्छ, एकता भाड्ने तत्वलाई जनताले दण्डित गर्नु जरुरी रहेको बताए ।
पार्टी फुटेर शुन्य अवस्थामा पुग्न लागेका उपेन्द्र यादवलाई मधेशी मधेशीबीचको एकता बलियो तुल्याउन आफूहरुले निशर्त एकता गरेर उनको पार्टीलाई जोगाई दिएको दाबीका साथ महतोले भने, “अहिले उपेन्द्र यादव त्यो गुण बिर्सेर पार्टी फोड्ने काममा व्यस्त देखिएका छन् ।”
एक अर्को प्रसङ्गमा उनले मधेश बिरोधी भनेर चिनिएका तत्कालिन प्रधानमन्त्री केपी ओलीलाई मधेशका पक्षमा माँग पुरा गर्न आफूहरुले तयार पारेको जिकिर गर्दै कार्यकर्ताको रिहाई, मुद्दा फिर्ता, नागरिकता विदेयक लगायतका उपलब्धी छोटो समयमै पाएको दाबी गरे ।
उनले भने, “ओली नेतृत्वको सरकारमा १८ दिन मन्त्रिमण्डलमा बसेर ती मागहरु पुरा गरायौं उपेन्द्र यादवले १८ महिना ओली नेतृत्वकै सरकारमा बसेर मधेशका लागि के–के काम गर्न सके उनको प्रश्न थियो ?
पूर्वराजपाका जिल्ला संयोजक सुनिल झाको अध्यक्षतामा आयोजित कार्यक्रममा संघीय सांसद चन्द्रकान्त चौधरी, राष्ट्रिय सभा सदस्य शेखर कुमार सिंह, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, जसपाका कार्यकारणी सदस्य केशव झा, केन्द्रिय सदस्य राजिव झा, जयप्रकाश ठाकुर, बिनोद सिंह, दिपेन्द्र चौधरी, साधना झा, बिजय यादव, दिनेश यादव, अमरनाथ मण्डल, यूवानेता बिनोद यादव र शम्भु यादव लगायतले पनि बोल्दै पार्टी विभाजन भए मधेशमा जसपा नेपाल महन्थ र राजेन्द्र समूह नै बलियो रहने दाबी गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ