News Category 2078/04/25
सम्मानजनक जिम्मेवारीका लागि जोड
दैनिक समाचारदाता
राजविराज, २४ साउन ।
नेकपा (एमाले) सप्तरी माधव नेपाल पक्षले पार्टी आवद्ध सबैको सम्मानजनक जिम्मेवारीका लागि जोड दिएको छ ।
पार्टीको जिल्ला कार्य समितिको शनिबार सम्पन्न बिस्तारिक बैठकपछि आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीलाई २०७५ जेठ २ अघिको अवस्थामा फर्काई एकताबद्ध र सशक्त संगठन निर्माण तथा सम्मानजनक सहभागिताका लागि जोड दिएको हो ।
प्रेस चौतारी नेपालको आयोजनामा आयोजित पत्रकार सम्मेलनमा प्रमुख अतिथि प्रदेश २ का सहइन्चार्ज नागेन्द्र चौधरीले पार्टी भित्र देखिएका समस्या समाधानका लागि कसैलाई काखा र पाखा गर्न नमिल्ने भन्दै सबैको सम्मानजनक सहभागिता पार्टीको हितमा रहेको बताएका छन् ।
उनले वर्तमान अवस्थामा पार्टी भित्र देखिएको आन्तरिक द्वन्दले कसैको भलो नहुने बताउँदै सबैलाई एकताबद्ध रुपमा सम्मानजनक सहभागिता गराए मात्र पार्टीको हित हुने बताए ।
सोही पत्रकार सम्मेलनमा पार्टी जिल्ला कमिटिका अध्यक्ष गोबिन्द न्यौपानेले एक प्रेस विज्ञप्ति जारि गर्दै आफूहरु विधिवत रुपमा पार्टीको जिम्मेवारीमा निर्वाचित भएपनि अर्को पक्षले अध्यक्षको नाममा गतिविधी गर्दै आएको प्रति आपत्ति प्रकट गरे ।
सोही कार्यक्रममा प्रकाश खतिवडा, अम्बिका दहाल लगायतले पनि वर्तमान परिस्थितमा पार्टीले खेल्नु पर्ने भूमिका बारे आ–आफ्नो धारणा राखेका थिए ।
आयोजित कार्यक्रममा एमाले जिल्ला समिति सप्तरी बैठकद्वारा शनिबार गरिएको निर्णय सार्वजनिक गरिएको छ । अध्यक्ष न्यौपानेले जिल्ला समितिलाई बिस्तार गरि १ सय ५१ सदस्य जिल्ला समिति तथा पार्टीमा जिम्मेवारी बाँडफाँड गरिएको जानकारी दिए ।
बैठकको निर्णयअनुसार क्षेत्र नम्बर १ का ईन्चर्जमा नारायण आचार्य, २ मा निरन्जन झा, ३ मा अनिल गुप्तालाई क्षेत्रीय ईन्चार्ज तथा ४ नम्बर क्षेत्रका ईन्चार्जमा राजेन्द्र प्रसाद साहलाई कायमै राखिएको छ ।
सम्पन्न बैठकले किसानहरुका लागि सहजरुपमा मलखादको व्यवस्था मिलाउन तथा बाढी, पहिरो पीडित जनतालाई राहत क्षतिपूर्ती र पुर्नवासका लागि व्यवस्था गर्न बैठकले माग गरेको पत्रकार सम्मेलनमा बितरित प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ