News Category 2078/04/25
सम्मानजनक जिम्मेवारीका लागि जोड

दैनिक समाचारदाता
राजविराज, २४ साउन ।
नेकपा (एमाले) सप्तरी माधव नेपाल पक्षले पार्टी आवद्ध सबैको सम्मानजनक जिम्मेवारीका लागि जोड दिएको छ ।
पार्टीको जिल्ला कार्य समितिको शनिबार सम्पन्न बिस्तारिक बैठकपछि आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा पार्टीलाई २०७५ जेठ २ अघिको अवस्थामा फर्काई एकताबद्ध र सशक्त संगठन निर्माण तथा सम्मानजनक सहभागिताका लागि जोड दिएको हो ।
प्रेस चौतारी नेपालको आयोजनामा आयोजित पत्रकार सम्मेलनमा प्रमुख अतिथि प्रदेश २ का सहइन्चार्ज नागेन्द्र चौधरीले पार्टी भित्र देखिएका समस्या समाधानका लागि कसैलाई काखा र पाखा गर्न नमिल्ने भन्दै सबैको सम्मानजनक सहभागिता पार्टीको हितमा रहेको बताएका छन् ।
उनले वर्तमान अवस्थामा पार्टी भित्र देखिएको आन्तरिक द्वन्दले कसैको भलो नहुने बताउँदै सबैलाई एकताबद्ध रुपमा सम्मानजनक सहभागिता गराए मात्र पार्टीको हित हुने बताए ।
सोही पत्रकार सम्मेलनमा पार्टी जिल्ला कमिटिका अध्यक्ष गोबिन्द न्यौपानेले एक प्रेस विज्ञप्ति जारि गर्दै आफूहरु विधिवत रुपमा पार्टीको जिम्मेवारीमा निर्वाचित भएपनि अर्को पक्षले अध्यक्षको नाममा गतिविधी गर्दै आएको प्रति आपत्ति प्रकट गरे ।
सोही कार्यक्रममा प्रकाश खतिवडा, अम्बिका दहाल लगायतले पनि वर्तमान परिस्थितमा पार्टीले खेल्नु पर्ने भूमिका बारे आ–आफ्नो धारणा राखेका थिए ।
आयोजित कार्यक्रममा एमाले जिल्ला समिति सप्तरी बैठकद्वारा शनिबार गरिएको निर्णय सार्वजनिक गरिएको छ । अध्यक्ष न्यौपानेले जिल्ला समितिलाई बिस्तार गरि १ सय ५१ सदस्य जिल्ला समिति तथा पार्टीमा जिम्मेवारी बाँडफाँड गरिएको जानकारी दिए ।
बैठकको निर्णयअनुसार क्षेत्र नम्बर १ का ईन्चर्जमा नारायण आचार्य, २ मा निरन्जन झा, ३ मा अनिल गुप्तालाई क्षेत्रीय ईन्चार्ज तथा ४ नम्बर क्षेत्रका ईन्चार्जमा राजेन्द्र प्रसाद साहलाई कायमै राखिएको छ ।
सम्पन्न बैठकले किसानहरुका लागि सहजरुपमा मलखादको व्यवस्था मिलाउन तथा बाढी, पहिरो पीडित जनतालाई राहत क्षतिपूर्ती र पुर्नवासका लागि व्यवस्था गर्न बैठकले माग गरेको पत्रकार सम्मेलनमा बितरित प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ