News Category 2078/04/25
गलत प्रकृयाबाट नागरिकता लिने र दिनेलाई कार्वाही हुनुपर्छ : प्रदेश २ प्रमुख झा
दैनिक समाचारदाता
राजविराज, २४ साउन ।
प्रदेश २ का प्रमुख राजेश झाले गलत प्रकृयाबाट नागरिकता लिने र दिने दुबैलाई कार्वाही हुनुपर्ने बताएका छन् ।
जिल्ला प्रशासन कार्यालय सप्तरीमा आईतबार सुरक्षा निकायका अधिकारी र संचारकर्मीसँगको अन्तरकृया कार्यक्रममा बोल्दै प्रदेश प्रमुख झाले किर्ते गरी नागरिकता लिने र दिने दुबै दोषी भएको बताए ।
कार्यक्रममा प्रदेश प्रमुख झाले च्यस्प्रदेश २ अपराध र अतिवादको चपेटामा रहेकाले यसतर्फ सबैले ध्यान दिनुपर्ने बताउँदै सीमा सुरक्षा, नागरिकता, भ्रष्टाचार र राष्ट्रिय एकतामा कुनै किसिमको सम्झौता गर्न सम्बन्धीत सबै पक्षलाई निर्देशन समेत दिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जिल्लाको बारेमा, जिल्ला प्रहरी प्रमुख राजेन्द्र प्रसाद धमलाले जिल्लाको शान्ति सुरक्षा, लागूऔषध, महिला हिंसा, सशस्त्र प्रहरीका उपरीक्षक राजु श्रेष्ठले सीमा तथा लागूऔषध बिषयमा तथा नेपाली सेनाका प्रमुख सेनानी निरज भण्डारीले नेपाली सेनाको गतिविधीबारे जानकारी गराएका थिए ।
यसअघि प्रदेश प्रमुख झाले नेपाल पत्रकार महासंघ सप्तरी शाखामा पुगेर जिल्लाका संचारकर्मीहरुसँग भेटघाट पनि गरेका थिए । सो क्रममा उनले सप्तरीको पत्रकारिता प्रदेश २ को ८ वटै जिल्ला मध्ये उत्कृष्ट रहेको बताए । महासंघको गतिविधी, पत्रकार तथा पत्रकारिताको अवस्था बारे महासंघका अध्यक्ष श्रवणकुमार देवले उनलाई जानकारी समेत गराएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ