News Category 2078/04/26
अध्यक्षले दस्तखत किर्ते गरि रकम झिकेको भन्दै कोषाध्यक्षद्वारा प्रहरीमा उजुरी
दैनिक समाचारदाता
राजविराज, २५ साउन ।
उपभोक्ता समितिका कोषाध्यक्षले आफ्नो दस्तखत किर्ते गरि बैंकबाट रकम निकालेको भन्दै अध्यक्ष बिरुद्ध प्रहरीमा उजुरी दिएकी छिन् ।
सप्तरीको महदेवा गाउँपालिका ५ स्थित निर्माणधिन रहेको राम जानकी मन्दिरको उपभोक्ता समितिका कोषाध्यक्ष भुवनेश्वरी मण्डलले अध्यक्ष बिरेन्द्र मण्डल बिरुद्ध उजुरी दिएकी हुन् ।
जिल्ला प्रशासन कार्यालय सप्तरीमा सोमबार उनले दर्ता गराएको उजुरीमा गाउँपालिकाबाट प्राप्त बजेटले निर्माण भइरहेको राम जानकी मन्दिरका लागि प्राप्त २ लाख २७ हजार रकम हनुमाननगर कंकालिनी नगरपालिकास्थित राष्ट्रिय बाणिज्य बैंकको खाता नं. २२२७ बाट आफूलाई थाहै नदिई अध्यक्ष मण्डलले किर्ते दस्तखत गरि झिकेको उल्लेख गरेकी छिन् ।
उनले उजुरीपत्र मार्फत घटनाको सत्यतथ्य छानबिन र दोषिमाथी कारवाहीको माग गरेकी छिन् । जिल्ला प्रशासन कार्यालयले तत्कालै सो उजुरी बारे आवश्यक अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलखन यादवले उपभोक्ता समितिका कोषाध्यक्ष मण्डलद्वारा गाउँपालिकाको न्यायिक समितिमा समेत उजुरी परेको र सो बारे गाउँपालिका स्तरबाट पनि छानबिन सुरु गरिएको जानकारी दिए ।
यता उपभोक्ता समितिका अध्यक्ष बिरेन्द्र मण्डलले सो आरोप निराधार रहेको बताउँदै कोषाध्यक्षको सहमतिमै बैंकबाट रकम झिकिएको र चेकमा उनले नै हस्ताक्षर गरेको दाबी गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ