News Category 2078/04/26
संचार राज्यमन्त्री कर्ण र डा. साह अभिनन्दित
दैनिक समाचारदाता
राजविराज, २५ साउन ।
जनमूखी पब्लिकेशन प्रालि सप्तरीले सोमबार प्रदेश २ का आन्तिरक मामिला तथा संचार राज्य मन्त्री रुबी कर्ण तथा वल्र्ड बुक अफ रेकर्डसबाट सम्मानित बरिष्ठ ज्योतिष एवं बास्तु विशेषज्ञ डा. कैलाश प्रसाद साहलाई अभिनन्दन गरेको छ ।
राजविराजस्थित पत्रकार महासंघ शाखा सप्तरीको सभाकक्षमा आयोजित कार्यक्रममा दुबै जनालाई अभिनन्दित गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व सिचाई मन्त्री उमेश प्रसाद यादवले मैथिली पाग, दोसल्ला र कदरपत्रबाट उनीहरुलाई अभिनन्दन गरे । राज्यमन्त्री कर्ण जनमूखी पब्लिकेशन प्रालीका सल्लाहकार समेत हुन् ।
लामो समयदेखी प्रकाशित हुँदै आएको कल्याण पोष्ट दैनिक पत्रिका संचालनमा सहयोगका साथै सामाजिक विभेद बिरुद्ध एवं जिल्लाको विकासमा योगदान पु¥याए वापत राज्य मन्त्री कर्णलाई अभिनन्दन गरिएको जनाइएको छ ।
यस्तै सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका निवासी डा. कैलाश प्रसाद साह हालै ज्योतिषी एवं बास्तु शास्त्र क्षेत्रमा वल्र्ड बुक अफ रेकर्डस लण्डनबाट सम्मानित भई जिल्ला र देशकै नाम अन्तराष्ट्रिय स्तरमा राख्न सफल भएकोमा अभिनन्दन गरिएको प्रालिका संस्थापक अध्यक्ष जयप्रकाश चौधरीले बताए ।
प्रालिका वर्तमान अध्यक्ष माला कर्णको अध्यक्षतामा आयोजित अभिनन्दन समारोहमा प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, जेष्ठ नागरिक संघ प्रदेश २ का अध्यक्ष शंकर सारदा, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, प्रहरी उपरिक्षक राजेन्द्र धमला, पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव, प्रेस स्वतन्त्रता सेनानी बैजनाथ झा लगायतले शुभकामना दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ