News Category 2078/04/26
एजेन्टको प्रलोभनमा परि तीन यूवाको लाखौं ठगिए
दैनिक समाचारदाता
राजविराज, २६ साउन ।
एजेन्टको प्रलोभन र ठगिको शिकारमा परेका सप्तरीका तीन जना यूवाहरु विगत एक वर्षदेखी न्यायको खोजीमा भौतारिदै छन् ।
एजेन्टले भने अनुसारको काम नपाएपछि एक महिनासम्म दुबईमा अलपत्र परेर जसोतसो घर फर्किएका राजविराजका संजय दास, धिरेन्द्र कुमार दास र जिल्लाको विष्णुपुर गाउँपालिकाका बेदानन्द यादव विगत एक वर्षदेखी न्यायका लागि प्रहरी र संचारकर्मीसमक्ष न्यायका लागि पहल गरिदिन आग्रह गरेका छन् ।
आकर्षक तलब र रोजगारी दिलाउने प्रलोभन देखाई लाखौं रकम ठगि गर्ने जिल्लाकै रुपनी गाउँपालिका २ बस्ने म्यानपावर एजेन्ट अशोक कुमार यादवले संजय दासलाई दुबईको नुन फुड कम्पनीमा आकर्षक तलबसहित प्याकिङको काममा लगाइदिने भन्दै २ लाख ४३ हजार ६ सय रुँपैया, बेदानन्दबाट २ लाख ४२ हजार ३ सय र धिरेन्द्रसँग १ लाख ८६ हजार रुँपैया लिएको पीडितहरुले बताएका छन् ।
दुबई पुगेपछि एजेन्टले भने अनुसारको काम नपाइएको र एक महिनासम्म आफूहरु अलपत्र र कष्टकर जिवन बिताएर जसोतसो घर फर्किएको अर्का पीडित बेदानन्दले सुनाए ।
२०७५ पुस २५ गते आफूहरु फर्किएपछि सिधै जिल्ला प्रहरी कार्यालयमा पुगि ठगि गर्ने एजेन्ट अशोक बिरुद्ध उजुरी दिँदा उनलाई प्रहरीले पक्राउ गरी एक दिन हिरासतमा राखेको थियो । हिरासतमा रहेका बेला अशोकले प्रहरी समक्ष पीडितहरुले भने अनुसारको रकम लिएको स्विकार्दै एक महिना भित्र रकम फिर्ता गर्ने कागज समेत गरीदिएका थिए । सोही शर्त र कागज गरिदिएपछि थुनामुक्त भएका अशोक हाल फरार भएको पीडितहरुको गुनासो छ । यस्तै पीडित वेदानन्दले प्रहरीमा जाँदा निजको खोजतलास भईरहेको जवाफ बाहेक केही पाउन नसकेको बताएका छन् ।
यता जिल्ला प्रशासन कार्यालयस्थित सुरक्षित आप्रवाशन परियोजनामा समेत लिखित जानकारी गराएको र त्यहाँबाट पनि आवश्यक पहल जारी रहेको जवाफ पाएको बताए ।
यसबारे इलाका प्रहरी रुपनीका सई अवधेश चौवेले जिल्लाबाट निज अशोक यादवलाई पक्रिन पक्राउ पुर्जी समेत जारी भइसकेको र उनको खोजतलास तिब्र बनाइएको जानकारी दिएका छन् ।
सीप र सूचना नलिई एजेन्टको प्रलोभनमा परि बैदेशिक रोजगारीमा गएका कारण जिल्लाका धेरै यूवाहरु ठगिने र विदेशी भूमिमा अलपत्र पर्ने गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ