News Category 2078/04/26
एजेन्टको प्रलोभनमा परि तीन यूवाको लाखौं ठगिए
दैनिक समाचारदाता
राजविराज, २६ साउन ।
एजेन्टको प्रलोभन र ठगिको शिकारमा परेका सप्तरीका तीन जना यूवाहरु विगत एक वर्षदेखी न्यायको खोजीमा भौतारिदै छन् ।
एजेन्टले भने अनुसारको काम नपाएपछि एक महिनासम्म दुबईमा अलपत्र परेर जसोतसो घर फर्किएका राजविराजका संजय दास, धिरेन्द्र कुमार दास र जिल्लाको विष्णुपुर गाउँपालिकाका बेदानन्द यादव विगत एक वर्षदेखी न्यायका लागि प्रहरी र संचारकर्मीसमक्ष न्यायका लागि पहल गरिदिन आग्रह गरेका छन् ।
आकर्षक तलब र रोजगारी दिलाउने प्रलोभन देखाई लाखौं रकम ठगि गर्ने जिल्लाकै रुपनी गाउँपालिका २ बस्ने म्यानपावर एजेन्ट अशोक कुमार यादवले संजय दासलाई दुबईको नुन फुड कम्पनीमा आकर्षक तलबसहित प्याकिङको काममा लगाइदिने भन्दै २ लाख ४३ हजार ६ सय रुँपैया, बेदानन्दबाट २ लाख ४२ हजार ३ सय र धिरेन्द्रसँग १ लाख ८६ हजार रुँपैया लिएको पीडितहरुले बताएका छन् ।
दुबई पुगेपछि एजेन्टले भने अनुसारको काम नपाइएको र एक महिनासम्म आफूहरु अलपत्र र कष्टकर जिवन बिताएर जसोतसो घर फर्किएको अर्का पीडित बेदानन्दले सुनाए ।
२०७५ पुस २५ गते आफूहरु फर्किएपछि सिधै जिल्ला प्रहरी कार्यालयमा पुगि ठगि गर्ने एजेन्ट अशोक बिरुद्ध उजुरी दिँदा उनलाई प्रहरीले पक्राउ गरी एक दिन हिरासतमा राखेको थियो । हिरासतमा रहेका बेला अशोकले प्रहरी समक्ष पीडितहरुले भने अनुसारको रकम लिएको स्विकार्दै एक महिना भित्र रकम फिर्ता गर्ने कागज समेत गरीदिएका थिए । सोही शर्त र कागज गरिदिएपछि थुनामुक्त भएका अशोक हाल फरार भएको पीडितहरुको गुनासो छ । यस्तै पीडित वेदानन्दले प्रहरीमा जाँदा निजको खोजतलास भईरहेको जवाफ बाहेक केही पाउन नसकेको बताएका छन् ।
यता जिल्ला प्रशासन कार्यालयस्थित सुरक्षित आप्रवाशन परियोजनामा समेत लिखित जानकारी गराएको र त्यहाँबाट पनि आवश्यक पहल जारी रहेको जवाफ पाएको बताए ।
यसबारे इलाका प्रहरी रुपनीका सई अवधेश चौवेले जिल्लाबाट निज अशोक यादवलाई पक्रिन पक्राउ पुर्जी समेत जारी भइसकेको र उनको खोजतलास तिब्र बनाइएको जानकारी दिएका छन् ।
सीप र सूचना नलिई एजेन्टको प्रलोभनमा परि बैदेशिक रोजगारीमा गएका कारण जिल्लाका धेरै यूवाहरु ठगिने र विदेशी भूमिमा अलपत्र पर्ने गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ