News Category 2078/04/27
जसपा परित्याग गरि एक दर्जन व्यक्ति माओवादी केन्द्रमा प्रवेश
दैनिक समाचारदाता
राजविराज, २७ साउन ।
जनता समाजवादी पार्टी परित्याग गरि एक दर्जन व्यक्ति बुधबार नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
राजविराज वडा नं. ७ मा आयोजित पार्टी प्रवेश कार्यक्रममा तत्कालिन संघीय समाजवादी पार्टीबाट वडा नं. ७ को अध्यक्ष पदका प्रत्यासी रामप्रित मण्डल लगायत सोही पार्टी आवद्ध एक दर्जन व्यक्तिहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरुलाई माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं जिल्ला अध्यक्ष अशोककुमार मण्डल तथा प्रदेश सदस्य महेश यादवले माला तथा टिका लगाई पार्टी प्रवेश गराएका छन् ।
सोही कार्यक्रममा वडा नं. ६ का शंकर प्रसाद साह, वडा नं. ७ का अरुण कुमार देव, गणेश श्रेष्ठ, मिश्रिलाल साह, सरस्वती देवी साह, विष्णुमाया विश्वकर्मा, शैलेन्द्र प्रसाद साह, सुरेश साह, रिदेश्वर पाण्डिया लगायत माओवादी केन्द्रमा प्रवेश गरेको जनाइएको छ ।
पार्टीका जिल्ला सदस्य रामगमन साहको अध्यक्षतामा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रदेश सदस्य छेदी रजक, भुपेन्द्र यादवलगायतकाको उपस्थिति रहेको थियो ।
यस्तै माओवादी केन्द्रले राजविराज वडा नं. ६ मा ५१ सदस्यीय वडा कमिटि समेत गठन गरेको छ । सो कमिटिको अध्यक्षमा मनोज यादव र सचिवमा रेहना खातुन रहेको जिल्ला सदस्य रामगमन साहले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ