News Category 2078/04/27

प्रजिअ आचार्यले शारीरिक रुपमा अशक्त भएका व्यक्तिलाई घरमै पुगेर दिए नागरिकता

दैनिक समाचारदाता

प्रजिअ आचार्यले शारीरिक रुपमा अशक्त भएका व्यक्तिलाई घरमै पुगेर दिए नागरिकता

दैनिक समाचारदाता
राजविराज, २७ साउन । 
    शारीरिक रुपमा अशक्त रहेका एक व्यक्तिलाई सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बुधबार घरमै पुगेर नागरिकता प्रदान गरेका छन् । 
    जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका ४ का १९ वर्षिय प्रल्हाद मण्डललाई प्रजिअ आचार्यले घरमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन् ।
    शारीरिक रूपमा पूर्ण अशक्त रहेकाले उनी हिंड्न समेत नसक्ने व्यक्ति भएको जानकारी पाएपछि प्रजिअ आचार्य उनको घरमै गएर नागरिकता प्रदान गरेका हुन् । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट