News Category 2078/04/27
ससुुराले भारतीय ज्वाईलाई नागरिकता बनाउन खोज्दा तीन जना कारागार चलान
दैनिक समाचारदाता
राजविराज, २७ साउन ।
किर्ते कागजात बनाई राजबिराज नगरपालिका १५ निवासी देवन यादवले आफ्ना भारतीय ज्वाईलाई नागरिकता बनाउन खोज्दा उनीसँगै ज्वाई र किर्ते कागजात बनाउन सहयोग गर्ने एक व्यक्तिसहित तीन जना पूर्पक्षका लागि कारागार चलान भएका छन् ।
स्थानिय संजिव कुमार यादवसँग मिलोमतो गरी राजबिराज वडा अध्यक्षको हस्ताक्षर, वडा कार्यालयको छाप, लेटर प्याड समेत किर्ते खडा गरी किर्ते कागजातको सहायताले नेपाली नागरिकता बनाउन खोज्दा ससुरा देवन यादव, किर्ते कागजात तयार गर्ने संजिव कुमार यादव, ज्वाई भारतिय नागरिक शिवनन्दन यादव कारागार चलान भएका हुन् ।
यस्तै सो कार्यमा सहयोग गर्ने स्थानिय सुरेश कुमार यादव पनि पक्राउ परेका थिए । उनले भने सफाई पाएका छन् ।
देवन यादव र उनका ज्वाई शिवनन्दन यादवलाई गत असार ३१ गते जिल्ला प्रशासन कार्यालय सप्तरीको प्राङ्गणबाटै पक्राउ गरिएको थियो । वडा अध्यक्ष रामप्रसाद यादवको किर्ते हस्ताक्षरसहितको सिफारिस र अनुसूची फारमहरु बोकेर बिहीबार जिल्ला प्रशासन कार्यालय पुगेका बेला उनीहरु पक्राउ परेका थिए ।
नागरिकता लिन आउने व्यक्ति र सिफारिस पत्रमा गरिएको वडा अध्यक्षको हस्ताक्षर शंकास्पद भेटिएपछि वडा अध्यक्ष रामप्रसाद यादवलाई पनि झिकाइएको तर, वडा अध्यक्षले आफ्नो दस्तखत नभएको बताएपछि दुबैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ