News Category 2078/04/31
सप्तरीका थप दुई संक्रमितको मृत्यु

दैनिक समाचारदाता
राजविराज, ३१ साउन ।
सप्तरीका एक महिला र एक पुरुष गरि थप दुई जना कोरोना संक्रमितको आइतबार मृत्यु भएको छ ।
होम आइसोलेसनमा बसेकी जिल्लाको सुरुङ्गा नगरपालिका २ की ५८ वर्षीया महिला तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा रहेका विष्णुपुर गाउँपालिका ६ का ६० वर्षीय पुरुषको मृत्यु भएको हो ।
साउन २५ गते संक्रमित भएर होम आइसोलेसनमा बसेको बेला सुरुङ्गाकी ती महिलाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै बिरामी भएर उपचारका लागि धरान गएका विष्णुपुर गाउँपालिकाका पुरुषमा शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो । आइसोलेसनमा राखेर उनको उपचार गरिरहेकै क्रममा आइतबार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
योसँगै सप्तरीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय ५२ पुगेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/29 खडक नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टिकरण सोध्दा विवाद
- 2082/04/28 संविधान संशोधन गरी पुर्नलेखन गर्नुपर्र्छ ः अध्यक्ष यादव
- 2082/04/28 निशुल्क आँखा शिविरमा २ सय ६२ जनाले लिए सेवा
- 2082/04/28 करेन्ट लागेर एकको मृत्यु
- 2082/04/27 मधेशमा शिक्षाको अवस्था कमजोर हुनुको मुख्य कारण विद्यालय व्यवस्थापन समिति ः मुख्यमन्त्री सिंह
- 2082/04/27 जिप्रकाबाट कुनै पनि सञ्चारमाध्यम दर्ता प्रक्रियामा नजान आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलको आग्रह
- 2082/04/27 औद्योगिक क्षेत्रको विकासमा मधेश सरकार प्रतिबद्ध छ ः मुख्यमन्त्री सिंह
- 2082/04/26 माइक्रो र बस ठोकिदा सप्तरीका तीन जनासहित पाँचको मृत्यु
- 2082/04/26 राजविराज नगरवासीद्वारा गठित संघर्ष समितिले ग¥यो चौथो चरणको आन्दोलन घोषणा
- 2082/04/26 छुट्टाछुट्टै सवारी दुर्घटनामा एक महिलासहित दुई जनाको मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ