News Category 2078/04/31
जनप्रतिनिधिले न्याय दिलाउन आलटाल गरेको भन्दै वडा कार्यालयमा तालाबन्दी
दैनिक समाचारदाता
राजविराज, ३१ साउन ।
सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउपालिकाको वडा नं. ६ स्थित वडा कार्यालयमा आइतबार स्थानीयहरुले तालाबन्दी गरेका छन् ।
महुली बजारका केही ब्यक्तीले बजारवासीलाई अभद्र ब्यवहार तथा समाजिक सदभाव खलबलाउने खालका गतिबीधी गरेकोमा छानवीन गरी उनीहरुमाथी कारवाहीका लागी पहल गर्न पटक पटक ध्यानाकर्षण गराउदा पनि वडाअध्यक्ष कुशुम आर्चायले आलटाल गरेको भन्दै उनीहरुले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।
आइतबार बिहान कार्यालय खुलेपछि स्थानीय एक पक्षले कर्मचारीलाई बाहिर निकाल्दै ताला लगाएको जनाएका छन् । जनप्रतिनिधीको उदासिनतालाई लिएर आक्रोसित पक्षले चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
महुली बजारका मो.इनामुल आलमले बजारमा अराजक गतिबीधी गर्ने कार्यमा संलग्न समुहलाई झिकाई कार्यवाहीका लागी पहल गर्न पटक पटक लिखित र मौखिक जानकारी गराउदा समेत वडाअध्यक्ष आर्चायले वेवास्ता गरेपछि बाध्य भएर तालबन्दी गर्नु परेको बताए ।
अर्का स्थानीयवासी रामनारायण मेहताले समाजमा उत्पाद मचाउने समुहमाथी कारवाहीको पहलका लागी वडा कार्यालयलाई ज्ञापन पत्र तथा गाउँपालिकाको कार्यालय र इलाका प्रहरी कार्यालय महुलीमा समेत सोको बोद्धार्थ पत्र पठाउदा कसैले चासो नदेखाएको गुनासो पोखे ।
यता वडाअध्यक्ष आर्चायले विवादको मुख्य विषय वडा कार्यालयमा निर्माणाधिन कार्यका लागी गठित उपभोक्ता समितीको कामको विषयलाई लिएर भएको बताएकी छिन् । उनले विपक्षीको उक्साहटमा एक पक्षद्वारा तालबन्दी गरिएको जनाउदै ताला खोलाउन आवश्यक पहल थालिएको जानकारी दिइन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ