News Category 2078/04/31
चोरीका पाँचवटा मोटरसाइकलसहित चार जना पक्राउ
दैनिक समाचारदाता
राजविराज, ३१ साउन ।
सप्तरीको सप्तकोशी नगरपालिका ६ स्थित त्रियुगा सहकारी संस्था अगाडीबाट शुक्रबार चोरी भएको एउटा मोटरसाइकलसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ भने पक्राउ परेकाहरुबाट अन्य चार वटा चोरीको मोटरसाइकल समेत बरामद गरेको छ ।
चोरी भएका मोटरसाइकलसहित पक्राउ पर्नेहरुमा सुनसरी कोशी गाउँपालिका ८ बस्ने २३ वर्षिय मो.मासुम मियाँ, २१ वर्षिय मो.अकबर, सप्तरी कंचनरुप नगरपालिका १२ बस्ने ३५ वर्षिय पोष्टराज खत्री र उदयपुर बेलटार नगरपालिका १० बस्ने २२ वर्षिय रामहरी श्रेष्ठ रहेका छन् ।
उनीहरुको साथबाट बरामद भएका मोटरसाइकलहरुमा प्रदेश १०५–००४ प.०४८४ न.को पल्सर, प्रदेश १०२–०४१प.३४१८ न.को.बुलेट, बा ९० प.३२७४ न.को होण्डा एक्स आर, प्रदेश २०३–०१३ प.२०५७ न.को.टि.भियस आपाची र स.७ प.९२५७ न.को यमाहा मोटरसाइकल रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
घट्ना विवरण अनुसार सप्तरी सप्तकोशी ६ स्थित त्रियुगा सहकारी संस्था अगाडीबाट प्रदेश १०५–००४ प.०४८४ नं. को मोटरसाइकल चोरी भएको भनी तत्काल जानकारी प्राप्त भएपश्चात प्रहरीले बिभिन्न स्थानमा प्रहरी परिचालन गरी सवारी साधन चेकजाँच गरेको थियो ।
उक्त चोरी भएको मोटरसाईकल खोजतलास गर्ने क्रममा जिल्लाकै हनुमाननगर कंकालिनी नगरपालिका वडा न. १ स्थित भित्री सडक खण्डमा पर्ने भलुवा चौकमा उत्तरबाट दक्षीणतर्फ गई रहेको उक्त चोरी भएको मोटरसाईकल फेला पारेको प्रहरीले जनाएको छ ।
उक्त चोरीको मोटरसाईकलसहित चालक रामहरी श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिई प्रारम्भिक सोधपुध एंव अनसुन्धान गर्दै जाँदा पक्राउ परेका श्रेष्ठले तीन जना समेतको मिलेमतोमा अन्य मोटरसाईकल समेत चोरी गरेको खुलाएपछी प्रहरीले खोजतलासको क्रममा चारै जनालाई चोरीका मोटरसाईकलसहित फेला पारेको हो ।
यता बरामद गरिएको मोटरसाइकल र पक्राउ परेका चारैजना प्रतिवादीलाई अदालत उपस्थित गराई म्याद थप गरि थपअनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैबीच जिल्ला प्रहरी कार्यालय सप्तरीले चालु आ.ब. २०७८÷७९ को साउन महिनामा अदालतबाट फैसला भई फैसला कार्यान्वयन अन्तर्गत फरार रहेका १ सय १८ जना प्रतिवादीहरुलाई पक्राउ गरिसकेको जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ