News Category 2078/04/31
वर्षाको पानी निकास नहुँदा बजार जलमग्न
दैनिक समाचारदाता
राजविराज, ३१ साउन ।
तीन दिन देखी परेको निरन्तरको वर्षाले राजविराज नगरको विभिन्न भाग डुवानमा परेको छ । नगरको अधिकांश सडक, टोल, घर वरिपरि जलमग्न भएको छ ।
वर्षा भएपछि पानीको निकासका लागि उचित प्रबन्ध हुन नसक्दा राजविराज नगरपालिकाको बजार क्षेत्रमा पर्ने सिरहा रोड, अदालत रोड, पानी ट्याङ्कि रोड, रुपनी रोड, हिमालय टोल लगायतमा पानी जमेको हो । जसकारण आवागमन निकै कष्टकर बनेको छ ।
वर्षाको पानीले सडक मात्र होइन् राजविराजस्थित बृहत जनाधार व्यवस्थापन कोशी फिल्ड सेन्टर, कृषि ज्ञान केन्द्र, शिक्षा समन्वय इकाई शाखा, गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र, नेपाल रेडक्रस सोसाइटी शाखा, बेल्ही भन्सार लगायतका संघसंस्था र कार्यालय पनि जलमग्न भएका छन् । यता ग्रामिण क्षेत्रको अवस्था भने झन बेहाल छ । सडकभरी हिलो नै हिलो छ । हिलाम्मे बाटोमा काम नपरि कोही निस्किदैनन् । बाध्यता प¥यो भने मात्र घर बाट निस्कने गरेका छन् ।
हरेक वर्ष सामान्य वर्षा हुँदा पनि सडकको अवस्था बेहाल हुने गरेको छ भने वर्षायाममा भने सडक र आसपासमा भएको डुवानले सर्वसाधारणलाई आवतजावतमा समस्या हुनुका साथै दैनिक दिनचर्या गर्न समेत कठिनाई हुनेप्रति सम्बन्धीत निकायलाई कुनै वास्ता छैन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ