News Category 2078/05/01
भारततर्फ तस्करी गरि लैजादै गरेको चाइनिज स्याउसहित एक पक्राउ
दैनिक समाचारदाता
राजविराज, ३२ साउन ।
भारततर्फ तस्करी गरि लैजादै गरेको चाइनिज स्याउसहित एक जनालाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको छ ।
प्रहरीले २५ कार्टुन चाइनिज स्याउसहित सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १२ निवासी ४० वर्षिय शिवम पण्डितलाई पक्राउ गरेको जनाएको छ ।
दुई वटा ठेलामा लोड गरि भारततर्फ लैजाँदै गरेको अवस्थामा गस्तीमा खटिएको प्रहरी टोलीले बिहान ३ बजेतिर सोही वडाको भारतीय सीमा नजिकैबाट पण्डितलाई पक्राउ गरेको हो ।
पक्राउ परेका पण्डितले आफू भरिया मात्र भएको र उक्त सामान मनोज मुखियाको भएको बतँएपछि प्रहरीले सोही वडास्थित मुखियाको घरमा समेत छापा मारेको थियो ।
सो क्रममा भारततर्फ चोरी निकासी गर्न ठिक पारिएको थप ६० कार्टुन स्याउ मुखियाको गाईगोठबाट बरामद गरेको डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् । बरामद स्याउको बजार मुल्य ३ लाख ४५ हजार मुल्याङ्कन गरिएको छ ।
आवश्यक कारवाहीका लागि सोमबारै बेल्हीस्थित राजविराज भन्सार कार्यालय चलान गरिएको उनको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ