News Category 2078/05/01
भारततर्फ तस्करी गरि लैजादै गरेको चाइनिज स्याउसहित एक पक्राउ
दैनिक समाचारदाता
राजविराज, ३२ साउन ।
भारततर्फ तस्करी गरि लैजादै गरेको चाइनिज स्याउसहित एक जनालाई प्रहरीले सोमबार बिहान पक्राउ गरेको छ ।
प्रहरीले २५ कार्टुन चाइनिज स्याउसहित सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १२ निवासी ४० वर्षिय शिवम पण्डितलाई पक्राउ गरेको जनाएको छ ।
दुई वटा ठेलामा लोड गरि भारततर्फ लैजाँदै गरेको अवस्थामा गस्तीमा खटिएको प्रहरी टोलीले बिहान ३ बजेतिर सोही वडाको भारतीय सीमा नजिकैबाट पण्डितलाई पक्राउ गरेको हो ।
पक्राउ परेका पण्डितले आफू भरिया मात्र भएको र उक्त सामान मनोज मुखियाको भएको बतँएपछि प्रहरीले सोही वडास्थित मुखियाको घरमा समेत छापा मारेको थियो ।
सो क्रममा भारततर्फ चोरी निकासी गर्न ठिक पारिएको थप ६० कार्टुन स्याउ मुखियाको गाईगोठबाट बरामद गरेको डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् । बरामद स्याउको बजार मुल्य ३ लाख ४५ हजार मुल्याङ्कन गरिएको छ ।
आवश्यक कारवाहीका लागि सोमबारै बेल्हीस्थित राजविराज भन्सार कार्यालय चलान गरिएको उनको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ