News Category 2078/05/02
क्यान्सर पीडित अमृताको ज्यान जोगियो
दैनिक समाचारदाता
राजविराज, २ भदौं ।
सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका ५ छपकी टोलकी १५ वर्षिया क्यान्सर पीडित अमृता शर्माको ज्यान जोगिएको छ ।
घाटीको दुबै भागमा थाइराइड क्यान्सरले पीडित अमृताको उपचारका लागि जिल्लाको बलान बिहुल गाउँपालिकास्थित बेल्ही यूथ क्लब सप्तरी नामक संस्थाले अगुवाई गरि सहयोग जुटाउन थालेपछि अमृताको ज्यान जोगिएको हो ।
उनको मंगलबार चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा डा. अनिल बिक्रम कार्की नेतृत्वको पाँच सदस्यीय चिकित्सक टोलीले सफल शल्यक्रिया सम्पन्न गरेको छ ।
चिकित्सकले अमृता खतरामुक्त रहेपनि उपचार अझ डेढ दुई महिना लम्बिने र यसमा पाँच देखी ६ लाख रुँपैया कुल खर्च लाग्ने बताएको क्लबका अध्यक्ष प्रमोद कुमार साहले जानकारी दिए । बुधबार सम्ममा विभिन्न दाताहरुबाट ५२ हजार रुँपैया संकलन गरिएको अभियानका अर्का अगुवा एवं क्लबका संस्थापक अध्यक्ष प्रकाश यादव शंकरले बताए ।
अमृता विगत ६ वर्षदेखी घाटीको क्यानसर रोगले पीडित थिइन् । सम्पत्तिको नाममा केही नभएर ऐलानी जग्गामा फुसको घर बनाई बस्दै आएका शर्मा परिवारमा दुई वर्षअघि अर्को बज्रपात भयो । अर्काको खेतमा मजदुरी गरि परिवार पाल्दै आएका अमृताका बुबा महादेवको दुई वर्षअघि सडक दुर्घटनामा परि मृत्यु भएपछि विचल्लीमा परेका परिवार अमृताको उपचार कसरी गर्ने भन्ने चिन्तामा समेत डुबेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ