News Category 2078/05/03
दुई बालबालिकासहित पाँचको डुबेर मृत्यु, आमासँगै नुहाउन गएकी अवोध छोरीको डुबेर ज्यान गयो
दैनिक समाचारदाता
राजविराज, ३ भदौं ।
सप्तरीमा चालु आर्थिक वर्षको एक महिना ३ दिनको अवधीमा डुबेर दुई बालबालिकासहित ५ जनाको ज्यान गएको छ ।
यसअघि जिल्लामा गत आ.ब. २०७७/७८ मा नदी, खोला, पोखरी, खाल्डो तथा नालामा डुबेर १४ बालबालिकासहित २७ जनाको मृत्यु भएको थियो ।
यसैबीच बिहीबार जिल्लाको महदेवा गाउँपालिका ४ बस्ने सुवन कामैतकी ५ वर्षिया छोरी सोनमको नुहाउने क्रममा ज्यान गएको छ । आमासँग पोखरीमा नुहाउँदै गरेकी ती अवोध बालिकाको डुबेर ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेका अनुसार घर नजिकै रहेको खुदन तिवारीको पोखरीमा आमासँग नुहाउँदै गरेको बेला अचानक डुबेर मृत्यु भएको हो ।
आमाले आवश्यक सतर्कता र निगरानी गर्न नसक्दा सो दु:खद घटना भएको उनको भनाई छ । घटना बारे थाहा पाएपछि पुगेको प्रहरी टोलीले मृतक बालिकाको शव आवश्यक कानुनी प्रक्रियाका साथ पोष्टमार्टमका लागि स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा पुर्याएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीको तथ्याङ्क अनुसार २०७७ असारमा २, साउनमा १, भदौंमा २, असोजमा ३, कात्तिकमा २, मंसिर, पुस र माघमा क्रमश १/१, फागुनमा ३ जनाको पोखरीमा डुबेर ज्यान गएको छ । यस्तै २०७८ बैशाखमा २ र जेठमा ४ जना गरि २२ जनाको पोखरीमा डुबेर मृत्यु भएको छ ।
यता अभिभावकले निगरानी गर्न नसक्दा यस्ता अप्रिय घटना बढेकोमा चिन्ता व्यक्त गर्दै प्रहरी उपरिक्षक राजेन्द्र धमलाले यसतर्फ अभिभावक जिम्मेवार बन्नु पर्नेमा जोड दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ