News Category 2078/05/04
गाउँपालिकाद्वारा बाढीपीडितलाई राहत बितरण
दैनिक समाचारदाता
राजविराज, ४ भदौं ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका बाढी पीडित व्यक्तिहरुलाई राहत वितरण गरिएको छ । बाढी पीडित बासिन्दाहरुलाई गाउँपालिकाबाट राहत वितरण गरिएको हो ।
अबिरल बर्षाको कारण मंगलबार जिता नदीमा आएको बाढीले पश्चिमी तटबन्ध भत्काउँदा गाउँपालिका वडा नं. ५ स्थित को. बर्साइनका राम टोल, खंग टोल र सरदार टोलमा बाढी पस्दा १ सय ३३ घर डुबानमा परेको थियो ।
बाढी पीडितप्रति परिवार २५ किलो चामल, ५ किलो भुजा (मुरही), एक किलो सोयाबिन, एक किलो नुन, चार वटा साबुन र एक्वा ट्याबवितरण गरिएको गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिएका छन् । एक्वाट्याब सेभ द चिल्ड्रेनको सहयोगमा सेभ द सप्तरीले उपलब्ध गराएको थियो ।
राहत वितरण कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष राजेन्द्र साह, विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झा, स्वास्थ्य शाखा संयोजक शैलेश कुमार मिश्र, कृषि विकास अधिकृत उदयकान्त झा, सेभ द सप्तरीका विष्णुकान्त देव, दुर्गानन्द शर्मासहितको सहभागिता रहेको थियो ।
बाढी प्रभावितहरुको नामावली संकलनका लागि गाउँपालिकाबाट कृषि विकास अधिकृत उदयकान्त झाको नेतृत्वमा सुरक्षाकर्मीसहितको टोलीलाई परिचालन गरिएको थियो ।
यता बाढीले भत्काएको बाँध एक दुई दिनभित्रै निर्माण गरिने बताउँदै गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले बाँध निर्माणको लागि आवश्यक बोरा र जाली प्रहरी चौकीको. बर्साइनमा राखिएको जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ