News Category 2078/05/07
भाईबहिनीको प्रेमका प्रतिक पर्व रक्षाबन्धन मनाइयो
दैनिक समाचारदाता
राजविराज, ६ भदौं ।
भाईबहिनीको प्रेमका प्रतिक पर्व रक्षाबन्धन आइतबार मनाइएको छ । सप्तरीको ग्रामिण तथा शहरी क्षेत्रमा दिदी बहिनीले विभिन्न पवित्र धागोले बनेको रंगीचंगी राखीहरु थालमा सजाएर आ– आफ्ना दाजु भाईको हातमा बाँधेर मिष्ठान भोजन खुवाउदै दाजु भाईको दिर्घायुको कामनासहित रक्षाबन्धन पर्व मनाएका हुन् ।
कोरोनाको जोखिमका कारण भारतीय सिमासंग जोडिएका नाकाहरु बन्द रहेका कारण भारतमा रहेका दाजु भाई र दिदी बहिनीलाई भने आफन्त काहा पुग्न निकै समस्या भोग्नु परेको छ ।
पर्व मनाउन भारतीय सिमाबाट नेपाल सिमा सम्म पैदलै हिडेर आएका उनीहरु निकै कष्टका साथ गनतब्य सम्म पुग्नु पर्ने बाध्यता रहेको गुनासो गर्दै नाका खुलाउन माग पनि गरेको देखिन्थे ।
राखी बाँधे पछि भाईबहिनीको प्रेम सम्बन्ध अझ बढ्ने धार्मीक विश्वासका साथ यो पर्व मनाईन्छ । भाईबहिनी विच प्रेम, समर्पण र आपसी सम्बन्ध कहिल्यै नटुट्ने प्रतिबद्धता जनाउने यो पर्व मिथिलाअञ्चल क्षेत्रको साँस्कृतिक पर्व मानिन्छ ।
यता राजविराजको हटियास्थित राधाकृष्ण मन्दिर क्षेत्रमा राखीको पाच दर्जन भन्दा बढी पसलहरु खोलिएका छन् । मिठाई पसलमा पनि भिड उत्तिकै लागेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ