News Category 2078/05/07
होटल संचालक ठूलो मात्रामा लागुऔषधसहित पक्राउ
दैनिक समाचारदाता
राजविराज, ६ भदौं ।
सप्तरीमा एक होटल संचालक ठूलो परिमाणको लागुऔषधसहित पक्राउ परेका छन् ।
जिल्लाको कंचनरुप नगरपालिका २ बरमझियास्थित संगम फास्ट फुड एण्ड मदिरा होटलका संचालक २८ वर्षिय जयराम यादवलाई लागु औषधसहित प्रहरीले पक्राउ गरेको हो ।
होटलको आडमा लागु औषधको कारोबार समेत संचालन गर्दै आएका होटल संचालक यादवलाई ईलाका प्रहरी कार्यालय कंचनपुरबाट खटिएको टोलीले गोप्य सुचनाको आधारमा शनिवार राती होटलमा छापामारी पक्राउ गरेको हो ।
प्रहरीले होटलबाट लुकाई राखिएको अवस्थामा नाट्रोसन १० ट्याब्लेट ६ सय १० थान, एस्पामोप्रोक्सीभन प्लस ३ सय १० थान, डाईलेक्सडिसी एकसय एमएल ८ बोतल, सुई १ र ३ थान बरामद गरेको छ ।
त्यस्तै प्रयोगमा ल्याईसकेका नाइट्रोसन १० ट्याब्लेटको खाली खोल ४१, एसपासमो प्रोक्सीभन २०, डाएलेसीस डिसी १०० एमएल ८ र कोडीबेल १०० एमएलका १ वटा खाली बोतल समेत प्रहरीले बरामद गरेको छ ।
पक्राउ परेका ब्यक्ती र बरामद लागु औषधको विवरण आईतवार सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफलेले उक्त होटलमा भारतबाट लुकाई छिपाई लागु औषध ल्याउने र बिक्री गर्ने गोप्य सुचना आएपछि छापामारी मारिएको जानकारी दिए ।
पक्राउ परेका यादवलाई नियन्त्रणमा राखी लागु औषध मुद्दामा अनुसन्धान र कार्यवाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ