News Category 2078/05/07
नगरका सडकहरु डुवानमा
दैनिक समाचारदाता
राजविराज, ७ भदौं ।
नेपालकै पुरानो मध्ये एक राजविराज नगरपालिकाको विकास कार्यले तिब्रता पाउन नसक्दा नगर क्षेत्रका सडकहरु वर्षायाममा डुवानमा पर्ने गरेका छन् ।
भारतको गुलाबी नगरले परिचित जयपुरको नक्शामा आधारित मुलुककै पहिलो टाउन प्लानिङ शहर राजविराज बि.स. २०१६ सालमा नगरपालिका घोषित भएको हो ।
पुरानो नगरपालिकाको रुपमा परिचित यस नगरपालिकाको विकास कार्य कछुवागतिमा हुँदा अहिले यो शहर अव्यवस्थित हुन पुगेको छ । सुख्खायाममा धुलो र वर्षायाममा पानी र हिलाम्मे हुने नगरको सडकहरुका कारण स्थानीयले सास्ती व्यहोर्नु परेको छ ।
नगर प्रवेश गर्ने रुपनी सडक, कंचनपुर सडक, छिन्नमस्ता सडक, हनुमाननगर सडक, सिरहा रोड लगायत अधिकांश भित्री सडकको हाल बेहाल छ । सडकमा परेका खाल्डाखुल्डीले तथा सडक हुँदै बग्ने पानीले साना ठूला सवारीसाधान मात्र होइन पैदल आवतजावतमा समेत सकस हुने गरेको छ । सडकमा रहेका ठूलाठूला खाल्डामा पानी जमेका कारण सवारीसाधन गुड्न निकै समस्या हुने गरेको छ भने पैदल आवतजावत गर्दा हातमा चप्पल जुत्ता बोक्नु पर्ने बाध्यता छ ।
मुख्य बजार क्षेत्रकै सडक पनि जिर्ण भएका कारण दर्जनौं खाल्डा छन् । सोमबार बिहान भएको वर्षाले नगरको सबै सडकहरुमा पानी जमेको छ भने सडकहरु हिलाम्मे समेत बनेको छ । एकातिर सडकमा जताततै खाल्डाखुल्डी अर्कोतिर जमेको पानी निकासको व्यवस्था नहुँदा आवागमनमा निकै समस्या भएको छ ।
नाला निर्माण भइरहेका ठाउँमा पनि पानीको निकास नहुँदा नगरवासी थप समस्यामा परेका छन् । जथाभावी फ्यालिएको फोहरको उचित व्यवस्थापन हुन नसक्दा अहिले सडकमा जमेको पानीमा ती फोहर मिसिएर फैलिदा रोग फैलिन सम्भावना समेत बढेको छ । फोहरका कारण भएका नालाहरु समेत पुरिएको छ ।
यता नगर बाहिरको ग्रामिण सडकहरुको अवस्था पनि नगरका सडकहरु भन्दा कम छैन् । जतागयो उतै हिलो नै हिलो रहेको स्थानियको भनाई छ । सडक दुरावस्थाबारे जनप्रतिनिधि, सडक विभाग र ठेकेदार सबै जानकार छन् । तर, कसैले पनि विकास कार्यमा गम्भिरता देखाउन सकिरहेका छैनन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ