News Category 2078/05/10
सप्तरीमा ५५ हजारले लगाए कोभिड १९ बिरुद्धको पूर्ण खोप
— पहिलो डोज ६९ हजार ५ सयले लगाए
— भदौं १६ देखी दोश्रो डोज लगाउने तयारी
— कक्षा १२ का विद्यार्थीलाई पनि खोप लगाउने तयारी
दैनिक समाचारदाता
राजविराज, १० भदौं ।
सप्तरी जिल्लामा कोभिड १९ बिरुद्धको पूर्ण खोप ५५ हजार जनताले लगाएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार जिल्लाको कुल जनसंख्याको ८ दशमलब ५ प्रतिशतले पूर्ण खोप लगाएका हुन् ।
स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले २० हजारले भेरोसेलको दुबै डोज तथा ३५ हजारले जोन्सन एण्ड जोन्सनको डोज लगाएको जानकारी दिएका छन् ।
यस्तै उनका अनुसार भेरोसेलको ४२ हजार ५ सय तथा २७ हजारले कोभिसेल गरि ६९ हजार ५ सयले पहिलो डोज लगाएका छन् ।
उनले कोभिसेलको पहिलो होज लगाइसकेका २७ हजारलाई भदौको १६ गते बाट दोश्रो डोज लगाउने तयारी भईरहेको बताए । भदौं १६ देखी सबै स्थानिय तहको सबै वडामा दोश्रो डोजको रुपमा स्ट्रेजिनिका लगाउने सम्पूर्ण तयारी भइसकेको बताए ।
प्रमुख यादवले भदौंको १६ गतेदेखी कक्षा १२ का विद्यार्थीहरुका लागि पनि खोप लगाउने व्यवस्था मिलाइएको बताए । उनले भने, “कक्षा १२ का विद्यार्थीहरुले खोप लगाउन आ–आफ्नो विद्यालयको परिचयपत्र लिएर आउनुपर्छ ।”
जिल्लामा पहिलो चरणको कोरोना महामारीमा १ हजार ८ सय ३३ तथा दोश्रो चरणको महामारीमा २ हजार ४ सय ७ जना गरि हालसम्म ४ हजार २ सय ४० जना संक्रमित भएका छन् ।
यस्तै पहिलो चरणको कोरोना महामारीमा ४१ जना तथा दोश्रो चरणको महामारीमा १ सय १८ जना गरि १ सय ५९ जनाको मृत्यु भएको स्वास्थय कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ