News Category 2078/05/11
सप्तरीमा विद्यालय संचालन गर्ने तयारी, सुरुङ्गामा साउन १५ देखी नै विद्यालय संचालन
दैनिक समाचारदाता
राजविराज, ११ भदौं ।
लामो समयदेखी सप्तरीमा बन्द रहेका विद्यालय सञ्चालन गर्ने तयारी थालिएको छ ।
कोरोना महामारीका कारण बैशाख महिनादेखी बन्द रहेका विद्यालयहरु स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न छलफल सुरु गरिएको हो ।
यसैबीच लामो समयदेखी विद्यालय बन्द हुँदा विद्यार्थीहरुको पठनपाठन प्रभावित भएको भन्दै जिल्लाको सुरुङ्गा नगरपालिकाका विद्यालयहरु खोलिएको छ ।
नगरपालिकाका प्रमुख मुक्तिनाथ चौधरीले कोभिड १९ संक्रमणबिरुद्ध स्वास्थ्य मापदण्डको पालना गरेर विद्यालय खोलिएको जानकारी दिएका छन् ।
सबै कुरा खुला नै रहेकाले विद्यालय मात्र बन्द राखेर विद्यार्थीहरुलाई पढाईबाट मात्र कीन बञ्चित गर्ने भन्दै सर्वपक्षिय छलफलपछि उक्त निर्णय गरिएको उनको भनाई छ ।
शिक्षक र अभिभावकहरुसँगको छलफल पश्चात् शिक्षा समितिको सिफारिसअनुसार कार्यपालिबाट निर्णय गरि गत साउन १५ गतेदेखी तीन शिफ्टमा विद्यालयहरु संचालन भएको प्रमुख चौधरीले बताए ।
उनले एउटा बेञ्चमा दुई जना विद्यार्थी मात्र बस्ने गरि व्यवस्था मिलाउन विद्यालय संचालकहरुलाई निर्देशन समेत दिएको बताए ।
यता बाँकी रहेका स्थानिय तहका प्रमुखहरु विद्यालय सञ्चालन गर्ने विषयमा छलफलमा जुटेका हुन् । जिल्ला समवन्य समितिमा बसेको स्थानीय तहका प्रमुखको बैठकले विद्यालय सञ्चालनबारे छलफल गरेको राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले जानकारी दिएका छन् ।
छलफलमा जिल्लामा हाल कोरोना महामारीको सङ्ख्या न्यून देखिएकाले विद्यालय सञ्चालन गर्नेबारे गहनरूपमा बहस भएको जनाउँदै स्वास्थ्य मापदण्डको पालना गरी तत्काल विद्यालय सञ्चालन गर्न सकिने बताए ।
कोभिड–१९ का कारण बन्द रहेका विद्यालय जिल्लामा सङ्क्रमणदर घट्दै गएपछि सञ्चालनको तयारी थालिएको जनाइएको छ । लामो समयदेखि विद्यालय बन्द हुँदा पठनपाठन पूर्णरूपले प्रभावित भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ