News Category 2078/05/12
कर्मचारी र जनप्रतिनिधीको मिलेमतोमा एक करोड बढीको अनियमितता
राजविराज÷सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित एक वडामा सामाजिक सुरक्षा भत्ता वितरणमा कर्मचारी र जनप्रतिनिधीको मिलेमतोमा एक करोड बढी रकमको अनियमितता भएको छ ।
सो नगरपालिका २ भुतहीका कर्मचारी र जनप्रतिनिधिको मिलोमतोमा उक्त शिर्षकमा किर्ते गरी १ करोड १२ लाख ३२ हजार रुपैयाँको अनियमितता भएको हो ।
कर्मचारी र जनप्रतिनिधीको मिलेमतोमा मृत्यु भएका र वडाका ब्यक्ति नै नभएकाको नागरिकतामा उमेर समेत परिवर्तन गराई सामाजिक सुरक्षा भत्ता वितरण गरी अनियमितता भएको हो । सो विषयमा स्थानीयले उच्च अदालतको राजविराज इजलासमा मुद्दा हालेपछि यो तथ्य खुलेको हो ।
अदालतकै आदेशको आधारमा सप्तरी प्रहरीले अहिले वडा सचिव विनोद ठाकुरलाई पक्राउ गरी हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरिक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
आर्थिक वर्ष २०७४÷७५ देखि नै उक्त वडाको ७८ जनाले एक चौमासिकमा ९ लाख ३६ हजार बुझेका छन् । यसरी पछिल्लो चार आर्थिक वर्षको १२ चौमासिकमा १ करोड १२ लाख ३२ हजार निकासा भएको देखिन्छ ।
किर्ते गरी सामाजिक सुरक्षा भत्ता अनियमिततामा वडा सचिवसँगै खरिदार जगदिश यादव, वडा अध्यक्ष रहमान मियाँ र वडा सदस्य बेचन यादवकोसमेत संलग्नता रहेको पाईएको छ ।
यता वडा अध्यक्ष, सदस्य र खरिदार फरार रहेको जनाउँदै प्रहरीले फरार भएकाहरुको खोजी भईरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ