News Category 2078/05/15
सप्तरीका सयौं घर बाढीको उच्च जोखिममा
दैनिक समाचारदाता
राजविराज, १५ भदौं ।
केही दिनदेखीको अविरल वर्षाका कारण सप्तरीको सयौ घर बाढीको उच्च जोखिममा रहेको छ ।
सप्तकोशी नदीमा पानीको बहाब बढ्दा आएको बाढीले सप्तरीको कंचनरूप नगरपालिका, सप्तकोशी नगरपालिका, हनुमाननगर कंकालनी नगरपालिका, तिलाठी कोईलाडी गाउपालिका, तिरहुत गाउपालिका, बलान बिहुल गाउपालिका सहित उदयपुरको बेलका उच्च जोखिममा रहेको छ ।
सप्तकोशी अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानिको बहाव बढदा आएको बाढीले उदयपुरको बेलकातर्फ कटान शुरु भएको छ ।
आइतबार साँझसम्म सप्तकोशीले कोशीले लगातार पश्चिमतर्फ कटान गर्न थालेपछि उदयपुरको बेलका नगरपालिका नदी किनार आसपासका वासिन्दा नदिको पश्चिमी भाग तर्फ १५० मिटर कटान गरिसकेको र खतराको संकेत देखिएपछि सम्भावित क्षेत्रमा बाँध निर्माण शुरु गरिएको छ, ।
त्यस क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली परिचालन गरिएको उदयपुर जिल्ला प्रशासन कार्यालयले जनाएको छ । स्थानीयका अनुसार १५ मिटर मात्रै कटान गरेमा सप्तकोशीको धार परिवर्तन हुन्छ ।
सप्तकोशीले धार परिवर्तन गरी पश्चिततिर लागे बेलका नगरपालिकाको वडा नम्बर २, ३, ९ र ८ का नदी तटका अधिकांश क्षेत्रहरु डुवानमा पर्नेछन् । यो क्षेत्रमा ठूलो मानव वस्ती रहेको छ ।
४८ हजार बोरा बालुवा र ५० थान जालीको तटबन्ध बनाउन शुरु गरिएको छ । सप्तकोशीले धार परिवर्तन गरे उदयपुरको बेलकासँगै सप्तरीको सप्तकोशी र कञ्चनरुप नगरपालिकाका पूर्वी क्षेत्रका वस्ती समेत जोखिममा पर्नेछन । अहिले सप्तकोशीको तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन आग्रह गर्दै माइकिङ गरिएको छ ।
सप्तकोशी आसपासका करिब २५ सय परिवार नदीको उच्च जोखिममा रहेको बेलका नगरपालिकाका उपमेयर राजकुमारी चौधरीले बताईन् । सप्तकोशीको बाढीले सोमबारे, डुम्रीबोटे, मसान घाट, धौरी टप्पु, चिलिमे, एविसी टापु, श्रीलंका टापु र रामनगर लगायतका ठाउँ उच्च जोखिममा रहेको उपमेयर चौधरीले बताईन् ।
पूर्वका अधिकांश भेगमा वर्षा जारी रहेकाले कोशीको जलस्तर अझै बढ्ने भएकोले सप्तरीको गोवरगढा टापु, सप्तकोशी, कञ्चनरुप, हनुमाननगर कंकालिनी नगरपालिका, तिरहुत, तिलाठी कोइलाडी गाउँपालिकाका कोशी किनारका बस्ती तथा होचा स्थानमा कटान हुने सम्भाबना छ ।
अगामी तिन दिन सम्म ठुलो तथा साना, सहायक नदीहरुको तल्लो तटीय, होचा तथा डुबान क्षेत्रका बासिन्दाहरुको ज्युज्यान,धनको सुरक्षाका लागि आवश्यक तयारी अपनाउन सप्तरी जिल्ला प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारी नाथु साहले आईतबार सूचना जारी गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ