News Category 2078/05/21
बेल्हीमा चहलूम दाहा मेला २०७८ शुरु
दैनिक समाचारदाता
राजविराज, २० भदौ ।
सप्तरीको बलान बिहुल गाउँपालिका ४ बेल्हीमा चहलूम दाहा मेला २०७८ शुरु भएको छ ।
बेल्हीस्थित मैदानमा शुरु भएको मेलाको एक कार्यक्रमका बीच प्रदेशसभा सदस्य मो. समिम, बलान बिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोईत, वडानम्बर ४ का वडाअध्यक्ष मो. हन्सु मियाँ र स्थानीय सुनिल कुमार झाले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
मेला समितिका अध्यक्ष मो. इजहारुलको अध्यक्षतामा आयोजित मेला उद्घाट कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य मो. समिमले दाहा मेला धार्मिक आस्थालाई जागृत गर्नुको साथै यसले कला र संस्कृतिको जगेर्नामा महत्वपुर्ण योगदान पुग्ने बताए ।
उनले बर्षेनी बलान नदीको बाढीले बेल्ही लगायन आसपासको क्षेत्रमा ब्यापक धनजनको क्षति पुर्याउँदै आएपनि नियन्त्रणको प्रयास नभएको प्रति दुख व्यक्त गर्दै नदी नियन्त्रणका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
भदौ २१ गतेसम्म तीन दिन चल्ने मेलमा नेपालको टिकुलिया, छर्रापट्टी, गौरा र लालपट्टी तथा भारतको मझौरा, मुरारपट्टी, बगहा र कमलपुर गरी ८ गाउँका २०० कलाकारहरुले लाठ्ठी, भाला, फर्सा लगायतका घरलु हतियारसहितको कला प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । धर्मको जागरुकतासँगै खेलाडीहरुको बलोबल बढाउने र मनोरञ्जन गर्ने उद्देश्यका साथ आयोजना गरिएको मेलामा प्रस्तुत हुने प्रतियोगितामा प्रथम खेलाडीलाई ५ तौला चाँदीको सिक्का र रु. १० हजार नगद, दोश्रो हुनेलाई ३ तौला चाँदीको सिक्का र रु. ८ हजार नगद तथा तेश्रो हुनेलाई २ तौला चाँदीको सिक्का र नगद रु. ५ हजार पुस्कार प्रदान गरिने आयोजक समितिका अध्यक्ष मो. इजहारुलले जानकारी दिए ।
त्यस्तै प्रतियोगितामा उत्कृष्ट ढोल बजाउने कालाकारलाइृ पनि १ तौला चाँदीको सिक्का प्रदान गरिने जनाएको छ । मेलामा दर्शकहरुलाई थप मनोरञ्जनात्मक बनाउन साँझको समयमा पौराणिक लोकनाच र सांस्कृतिक कार्यक्रमहरु समेत आयोजना गरिने आयोजकको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ