News Category 2078/05/21
अस्पतालका चिकित्सकले बिरामीलाई दुव्र्यबहार र गालीगलौज गर्दै बाहिर निकाले
दैनिक समाचारदाता
राजविराज, २० भदौ ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना भएका एक बिरामीलाई अस्पतालका चिकित्सकले दुव्र्यबहार र गालीगलौज गर्दै आइतबार बाहिर निकालेका छन् ।
सो अस्पतालमा उपचार गराइरहेकी राजविराज नगरपालिका वडा नं. २ निवासी ललिता देवी साहलाई चिकित्सक डा. प्रणेश यादवले गालीगलौज गर्दै बाहिर निकालेका हुन् ।
दुर्घटनामा घाइते भएर उपचारका लागि भर्ना भएकी साह तीन सातादेखि अस्पतालमा उपचार गराइरहेकी थिइन् । उनलाई गालीगलौज गर्दै अस्पतालको बेडबाट जबरजस्ती बाहिर निकालिएको हो ।
ललिताकी सासू सवितादेवीले बुहारी दु:खाईले छटपटिरहेकी बेला स्वास्थ्यकर्मीले स्लाइन पानी र सुई ल्याउने भनेपछि आफू औषधी लिएर आएको केहि बेरमै डाक्टर यादवले बाहिर निकालिदिएको बताएकी छिन् ।
चिकित्सकले बाहिर निकालिदिएपछि उनलाई दिनभर अस्पताल प्राङणको खुल्ला ठाउँमा राखिएको थियो ।
गत भदौं १ गते ललिताकी श्रीमान् यदुनन्दनले चलाइरहेको सिटी रिक्सामा चढेर घरतर्फ जाने क्रममा राजविराजस्थित गजेन्द्र चोकमा स.१ह. १३४३ नम्बरको सिटी रिक्साले ठक्कर दिएपछि उनको खुट्टा भाँचेको थियो भने उनको नशा पनि काटिएको थियो ।
खुट्टा भाँचिएपछि उनको उपचार डा. यादवले नै गरेका थिए । भाँचिएको खुट्टाको प्लास्टर यादवले गरेपनि दुखाई कम नहुँदा उनी अस्पतालमै भर्ना रहेकी थिइन् ।
यता आरोपित चिकित्सक डा. यादवले ललितादेवीलाई आफूले ननिकालेको भन्दै आफूमाथि लगाइएको आरोप झुठो रहेको दाबी गरे । उनले ललितालाई एकसाताअघि नै डिस्जार्च गर्दा समेत नगएका कारण अन्य कर्मचारीले निकालेको हुन सक्ने बताए ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रंजित झा पनि डिस्चार्ज गरिएका कारण जान नमानेपछि पठाएको हुन सक्ने बताए । यद्यपी के कसो भएको हो त्यसको बिषयमा आफू काठमाडौंमा भएका कारण जानकारी नभएको उनले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ