News Category 2078/05/21
अस्पतालका चिकित्सकले बिरामीलाई दुव्र्यबहार र गालीगलौज गर्दै बाहिर निकाले
दैनिक समाचारदाता
राजविराज, २० भदौ ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना भएका एक बिरामीलाई अस्पतालका चिकित्सकले दुव्र्यबहार र गालीगलौज गर्दै आइतबार बाहिर निकालेका छन् ।
सो अस्पतालमा उपचार गराइरहेकी राजविराज नगरपालिका वडा नं. २ निवासी ललिता देवी साहलाई चिकित्सक डा. प्रणेश यादवले गालीगलौज गर्दै बाहिर निकालेका हुन् ।
दुर्घटनामा घाइते भएर उपचारका लागि भर्ना भएकी साह तीन सातादेखि अस्पतालमा उपचार गराइरहेकी थिइन् । उनलाई गालीगलौज गर्दै अस्पतालको बेडबाट जबरजस्ती बाहिर निकालिएको हो ।
ललिताकी सासू सवितादेवीले बुहारी दु:खाईले छटपटिरहेकी बेला स्वास्थ्यकर्मीले स्लाइन पानी र सुई ल्याउने भनेपछि आफू औषधी लिएर आएको केहि बेरमै डाक्टर यादवले बाहिर निकालिदिएको बताएकी छिन् ।
चिकित्सकले बाहिर निकालिदिएपछि उनलाई दिनभर अस्पताल प्राङणको खुल्ला ठाउँमा राखिएको थियो ।
गत भदौं १ गते ललिताकी श्रीमान् यदुनन्दनले चलाइरहेको सिटी रिक्सामा चढेर घरतर्फ जाने क्रममा राजविराजस्थित गजेन्द्र चोकमा स.१ह. १३४३ नम्बरको सिटी रिक्साले ठक्कर दिएपछि उनको खुट्टा भाँचेको थियो भने उनको नशा पनि काटिएको थियो ।
खुट्टा भाँचिएपछि उनको उपचार डा. यादवले नै गरेका थिए । भाँचिएको खुट्टाको प्लास्टर यादवले गरेपनि दुखाई कम नहुँदा उनी अस्पतालमै भर्ना रहेकी थिइन् ।
यता आरोपित चिकित्सक डा. यादवले ललितादेवीलाई आफूले ननिकालेको भन्दै आफूमाथि लगाइएको आरोप झुठो रहेको दाबी गरे । उनले ललितालाई एकसाताअघि नै डिस्जार्च गर्दा समेत नगएका कारण अन्य कर्मचारीले निकालेको हुन सक्ने बताए ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रंजित झा पनि डिस्चार्ज गरिएका कारण जान नमानेपछि पठाएको हुन सक्ने बताए । यद्यपी के कसो भएको हो त्यसको बिषयमा आफू काठमाडौंमा भएका कारण जानकारी नभएको उनले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ