News Category 2078/05/21
कुटपिट गर्दै जग्गा मिचेको आरोप
दैनिक समाचारदाता
राजविराज, २१ भदौं ।
सप्तरीको तिरहुत गाउँपालिका वडा नं. ५ लोहजारा निवासी मुनेश्वर मण्डलले छिमेकी सुवालाल मण्डलले कुटपिट गर्दै आफ्नो जग्गा मिचेको आरोप लगाएका छन् ।
पीडित मुनेश्वर मण्डलले सोमबार नेपाल पत्रकार महासंघ सप्तरी शाखामा पत्रकार सम्मेलनको आयोजना गरि उक्त आरोप लगाएका हुन् ।
गत साउन २५ गते छिमेकी सुवालालले मुनेश्वरको नम्बरी जग्गामा रहेको रुख काटिदिएर जग्गा मिच्न खोज्दा मुनेश्वरका दाजु जगदीश मण्डल, छोरा प्रमोद मण्डल र भतिजा रामकुमार मण्डललाई कुटपिट गर्दै घाइते बनाएका थिए । जसमा मुनेश्वरका दाजु जगदीशको टाउँको फुटेको र छोराको खट भाचेको पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
उक्त घटनापश्चात् सबैको उपचार गरि जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत दिएकोमा जिल्लाले प्रहरी चौकी लोहजरालाई घटना बारे अनुसन्धान गर्न भनेको उनको भनाई छ । प्रहरी चौकी लोहजरा, वडा कार्यालय तथा स्थानियहरुले दुबै पक्षलाई जग्गा नापी गर्ने भन्दै मिलापत्र गराएको पीडित मुनेश्वरले बताए ।
जग्गा नापी गर्नका लागि अमिन समेतको टोलीले मुनेश्वरको साढे ५ धुर जग्गा यथास्थितिमै रहेको र जग्गा नमिचेको निष्कर्ष निकाले पनि जग्गाको सीमाङकन नगरिदिएको उनको गुनासो छ । जसकारण उनी बारम्बार छिमेकीबाट पीडित बन्दै आएको पत्रकार सम्मेलनमा जानकारी दिए ।
यता मुनेश्वरले गाउँपालिका र वडामा समेत उजुरी दिएपनि हालसम्म त्यसको टुङ्गो नलागेकोले सीमा छुट्याउन तथा घाइतेहरुको क्षतिपूर्ति दिलाउन माँग गरेका छन् । आफू अन्यायमा परेको भन्दै सम्पूर्ण संचारकर्मीसँग उनले न्यायका लागि पहल गरिदिन आग्रह पनि गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ