News Category 2078/05/21
कुटपिट गर्दै जग्गा मिचेको आरोप
दैनिक समाचारदाता
राजविराज, २१ भदौं ।
सप्तरीको तिरहुत गाउँपालिका वडा नं. ५ लोहजारा निवासी मुनेश्वर मण्डलले छिमेकी सुवालाल मण्डलले कुटपिट गर्दै आफ्नो जग्गा मिचेको आरोप लगाएका छन् ।
पीडित मुनेश्वर मण्डलले सोमबार नेपाल पत्रकार महासंघ सप्तरी शाखामा पत्रकार सम्मेलनको आयोजना गरि उक्त आरोप लगाएका हुन् ।
गत साउन २५ गते छिमेकी सुवालालले मुनेश्वरको नम्बरी जग्गामा रहेको रुख काटिदिएर जग्गा मिच्न खोज्दा मुनेश्वरका दाजु जगदीश मण्डल, छोरा प्रमोद मण्डल र भतिजा रामकुमार मण्डललाई कुटपिट गर्दै घाइते बनाएका थिए । जसमा मुनेश्वरका दाजु जगदीशको टाउँको फुटेको र छोराको खट भाचेको पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
उक्त घटनापश्चात् सबैको उपचार गरि जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत दिएकोमा जिल्लाले प्रहरी चौकी लोहजरालाई घटना बारे अनुसन्धान गर्न भनेको उनको भनाई छ । प्रहरी चौकी लोहजरा, वडा कार्यालय तथा स्थानियहरुले दुबै पक्षलाई जग्गा नापी गर्ने भन्दै मिलापत्र गराएको पीडित मुनेश्वरले बताए ।
जग्गा नापी गर्नका लागि अमिन समेतको टोलीले मुनेश्वरको साढे ५ धुर जग्गा यथास्थितिमै रहेको र जग्गा नमिचेको निष्कर्ष निकाले पनि जग्गाको सीमाङकन नगरिदिएको उनको गुनासो छ । जसकारण उनी बारम्बार छिमेकीबाट पीडित बन्दै आएको पत्रकार सम्मेलनमा जानकारी दिए ।
यता मुनेश्वरले गाउँपालिका र वडामा समेत उजुरी दिएपनि हालसम्म त्यसको टुङ्गो नलागेकोले सीमा छुट्याउन तथा घाइतेहरुको क्षतिपूर्ति दिलाउन माँग गरेका छन् । आफू अन्यायमा परेको भन्दै सम्पूर्ण संचारकर्मीसँग उनले न्यायका लागि पहल गरिदिन आग्रह पनि गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ