News Category 2078/05/23
महिला कैदीबन्दीले मनाए तिज
दैनिक समाचारदाता
राजविराज, २२ भदौ ।
राजविराज कारागारभित्र रहेका महिला कैदीबन्दीहरूले मंगलबार तिज मनाएका छन् ।
तिज महोत्सव मुल समारोह समिति सप्तरीका सदस्य र अधिकारकर्मीहरूसँगै उहाँहरूले कारागारमा तिज मनाएका हुन् ।
कारागार पुगेका तिज महोत्सव समितिकी संयोजक पुनम पोखरेलले कैदीबन्दी महिलालाई मिठाई खुवाउनुका साथै चुरा, पोते, टिकालगायतको सृङ्गारका सामान दिएर तिजको दर मनाए । समितिले बिहीबार राजविराजमा मौलिक गीत, नृत्यसहितको प्रतियोगितात्मक तिज महोत्सव आयोजना गरेको छ ।
कारागारलाई सुधार केन्द्रका रूपमा लिदै भविष्यमा समाजमा पुनस्थापित हुने गतिविधिमा संलग्न हुन समितिका पदाधिकारीहरूले शुभकामना दिएका थिए । यस्ता कार्यक्रमले शुभकामना आदानप्रदानका साथै रचनात्मक क्रियाकलापमा प्रोत्साहन गर्ने र सकारात्मक भावनाको विकास गर्ने जेलर सुमन कोइरालाले बताए ।
कार्यक्रममा इन्सेक प्रतिनिधी मनोहर पोखरेल, मनु खनाल, रन्जना चौधरी, रिया राय सञ्चेती लगायतको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
- 2082/08/26 जसपा परित्याग गरेका तिवारी रामुपामा प्रवेश
- 2082/08/26 मेरो ३५ वर्षको राजनीति यात्रा र ब्यानर समेत कब्जा ः राजेन्द्र महतो
- 2082/08/26 मधेशमा बढ्दै आत्महत्या घट्नाको ग्राफ, चार वर्षमा चार हजार भन्दा बढीले गुमाए ज्यान
- 2082/08/24 राजविराजमा आन्तरिक राजश्व कार्यालय स्थापनाका लागि मधेश सरकारको पहल सुरु
- 2082/08/24 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दैै शुक्रबारदेखी रिले अनसन
- 2082/08/24 मधेशमा तीन हजार भन्दा बढी बालबालिका अपराधका घटना
- 2082/08/24 एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ