News Category 2078/05/23
सप्तरीमा एक गाउपालिका अध्यक्ष, तीन उपाध्यक्षसहित ९६ जनाले रोजे लोसपा
चन्दनकुमार यादव
राजविराज, २२ भदौ ।
सप्तरीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ९६ जना जनप्रतिनिधिले रोजेका छन् ।
तत्कालिन राजपाबाट निर्वाचित तिलाठी कोईलाडी गाउपालिका अध्यक्ष सतिश कुमार सिँह, राजबिराज नगर उपप्रमुख साधना झा, छिन्नमस्ता गाउँपालिका उपाध्यक्ष उषा मण्डल र बोदेबरसाईन नगरपालिका उपप्रमुख रन्जु साहसहित ९६ जनाले लोसपामा रोजेका हुन । स्थानीय तहमा जिल्लामा राजपाबाट २ सय १६ जना जनप्रतिनिधि निर्वाचित भएका थिए ।
राजपाबाट २ सय १६, तत्कालिन संघीय समाजवादी फोरमबाट १ सय ४० र तत्कालिन नयाँ शक्ति पार्टीबाट ११ जना गरी ३ सय ६७ जना जनप्रतिनिधि मध्ये ९६ जनाले सनाखत गरेका हुन् ।
जसमध्ये राजबिराज १० का एक जना सदस्यको सनाखत फिर्ताकालागि निवेदन परेको छ । तत्कालिन राजपाबाट सप्तरीमा ५ वटा पालिका प्रमुखमा निर्वाचित भएका थिए ।
तत्कालिन राजपाबाट निर्वाचित राजविराज नगरपालिका मेयर शम्भुप्रसाद यादव, हनुमाननगर कंकालिनी नगरपालिका मेयर शैलेश कुमार साह, डाक्नेश्वरी नगरपालिका मेयर शिवनारायण साह र रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव जसपामै बसेका छन् भने तिलाठी कोइलाडी गाउँपालिकाकै उपाध्यक्ष सुचिता कुमारी यादव पनि जसपा रोजेका छन् ।
यता तत्कालिन राजपाबाट निर्वाचित राजविराज नगरपालिकाका उपमेयर साधना झा र छिन्नमस्ता गाउँपालिकाका उपाध्यक्ष उषाकुमारी मण्डल तथा तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचित बोदे बरसाइन नगरपालिकाका उपमेयर रन्जु साहले लोसपामा सनाखत गरेको लोसपाका नेता प्रभाकर यादवले जानकारी दिए ।
यता लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा केन्द्रीय कार्यकारिणी सदस्य १७ जना, संघीय सांसद १५, प्रदेश न.२ मा १६ जना, लुम्बिनी प्रदेशमा ३ जना, सुदुर पश्चिममा १ जना, स्थानीय तह तर्फ सप्तरी ९६, सिरहा १२, धनुषा १०९, महोत्तरी २५८, सर्लाही १३७, रौतहट ८८, वारा १३८, पर्सा २८, रुपन्देही २०, कपिलवस्तु १ जनाले लोसपामा सनाखत गरेको लोसपा नेता केशव झाले जानकारी दिएका छन ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा सप्तरीवाट मेयर १ जना, उपमेयर ३, धनुषा १, उपमेयर २, महोत्तरी मेयर ६, उपमेयर १०, सर्लाही मेयर ५, उपमेयर ४, रौतहट मेयर १, वारा मेयर ३, उपमेयर ५, पर्सा उपमेयर २, रुपन्देही मेयर १, उपमेयर १ जनाले लोसपामा सनाखत गरेका छन ।
यसैगरी सप्तरीमा २९ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।
सुरुङ्गा नगरपालिका ३ जना वडा अध्यक्षसहित २२ जना, खडक नगरपालिकाका एक वडा अध्यक्ष र सप्तकोशी नगरपालिकाका १ जना वडा अध्यक्षसहित २९ जना जनप्रतिनिधिले नेकपा एस रोजेको नेकपा एसका सप्तरी निर्वाचन क्षेत्र नं. ४ का ईन्चार्ज राजेन्द्र प्रसाद साहले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ