News Category 2078/05/26
नगरको सडक, फोहर ब्यबस्थापन तथा छाडा चौपाया नियन्त्रण गर्न ज्ञापन
राजविराज/राजबिराज नगर नगरका युवाहरूले नगरको सडक अबस्था, फोहोर ब्यबस्थापन तथा छाडा चौपाया नियन्त्रणका लागि प्रमुख शम्भु प्रसाद यादबलाई ज्ञापन पत्र बुझाएका छन् ।
शुक्रवार राजबिराज नगरका युवाहरूले नगरको दुर्वस्थाले नगरको सौन्दर्य नै अपहरणमा परेको जस्तो देखिएकोले चाडौ भन्दा चाडौ यसको नियन्त्रण गर्न ज्ञापन पत्र मार्फत नगर प्रमुखलाई आग्रह गरेका छन् ।
युवाहरूले केही दिनदेखी सामाजिक संजाल र मिडियाहरुमा राजविराज नगरपालिका बारेमा राखिएको समस्या बारेमा मध्यनजर गर्दै उक्त ज्ञापन पत्र बुझाएको जनाएका छन् ।
नगरवासीले देख्ने गरि सम्बधित वडाका प्रतिनिधीसहित प्रभावित क्षेत्रको निरीक्षण गर्न, नालाहरुलाई सफा गराई सडकहरुमा जम्ने बर्षाको पानीको निकाश हुने ब्यवस्था मिलाउनुपर्ने, सडकका खाल्डाहरुलाई हिलो न हुने खालका ब्यबस्थापन गर्नुपर्ने माँग गरेका छन् ।
नीजि शौचालयको मलमुत्र सडकमा फैलिई दुर्गन्धित पर्ने कामलाई रोक्न, दैनिक फोहर उठाउने व्यवस्था चुस्त बनाउन, खानेपानी धाराबाट आउने गरेको फोहर रोक्नुपर्ने, नगर भित्र छाडा गाई, साँढे, सुँगुर नियन्त्रण गर्ने व्यवस्था गर्न माँग गरिएको छ ।
यस सम्बन्धमा नगर प्रमुख यादबले पुसको अन्तिमसम्ममा राजविराज नगरपालिकाले ज्ञापन पत्रमा राखिएका बिषयहरूको सम्बोधन हुने प्रतिबद्धता जनाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ