News Category 2078/05/31
राजदेबी माबिद्वारा विद्यार्थी भर्ना अभियान सुरू
दैनिक समाचारदाता
राजविराज, ३० भदौ ।
सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या न्यून हुदै गईरहेको बेला राजदेवी ठोकोदेवी जोगेन्द्र भगत माध्यमिक विद्यालयका प्रधानाध्यापक दिनेश प्रसाद यादबको अगुवाईमा बिद्यार्थी भर्ना अभियान सुरू भएको छ ।
अभियानका अन्तर्गत राजविराज नगरपालिकाका वडा नं. ११ को झल्ही, फर्सैठ, राजबिराज १ को रामपुरसहितका गाउँका घर–घरमा गएर प्रअ यादवले विद्यार्थी भर्नाका लागि अनुरोध गरेका छन ।
राजविराज नगरपालिका वडा नं. १ स्थित रहेको राजदेवी माध्यमिक विद्यालयमा अहिले पनि पठनपाठनमा सुधार गर्नका लागि विद्यालयमा गाउँघरका दलित, विपन्नसहित सबै वर्गको विद्यार्थीहरुको पठन पाठनमा पहुँच पु¥याउन अभियान संचालनमा ल्याएको प्रअ दिनेश यादबले जानकारी दिए ।
उनले विगतका दिनमा विद्यालयको अवस्थालाई स्मरण गर्दै केही व्यक्तिहरुको कारणले अहिले विद्यालयका शिक्षकहरु तिरस्कृत भईरहेको भन्दै शैक्षिक सत्र ०७८÷०७९ बाट विद्यालय तथा कक्षा संचालनको गतिविधिमा सुधार ल्याउने प्रतिबद्धता जनाए ।
विद्यालयको भौतिक, आर्थिक तथा विद्यार्थीको संख्या न्युन भएको अबस्थामा विद्यालयको शिक्षक÷शिक्षिकाहरुले मंगलवारबाट विद्यार्थी खोज्ने अभियान शुरु गरेको छ ।
शिक्षा समन्वय ईकाई कार्यालयका अनुुसार भदौं १५ देखि ३० गतेसम्म विद्यार्थी भर्नाका समयसिमा निर्धारण गरेपनि प्रअ यादव भदौं २७ गते सो विद्यालयमा प्रधानाध्यापक रुपमा हाजिर भएका थिए ।
अभियान टोलीमा शिक्षिका चित्ररेखा देव, मोहन यादव, भगवती चौधरी, चन्दन देव, विन्देश्वर प्रसाद यादव, वैद्यनाथ यादव, रेखा मण्डल, शम्भु साह, अनिता मिश्र, ललिता साह, सोनी यादव, रम्भा झा, रेखा यादव, सोनी कुमारी मण्डल, दिपेन्द कुमार यादव, फुशेश्वर यादवलगायतका शिक्षक÷शिक्षिका सहित विद्यालयका अन्य कर्मचारीहरुको सहभागीता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ