News Category 2078/05/31
सप्तरीका सबै आईसोलेशन वाड खाली
दैनिक समाचारदाता
राजविराज, ३० भदौ । 
    कोरोना संक्रमितका लागि निर्माण गरिएको सप्तरीका सबै आईसोलेशन केन्द्र र अस्पतालका शैया खाली भएका छन् । 
    जिल्लामा बुधबार पुष्टी भएका एक संक्रमितसहित ९ जना मात्र सक्रिय संक्रमित रहेका छन् । उनीहरु सबै घरमै होम आइसोलेशनमा वसेका छन् । 
    कोरोनाका कारण हाल सम्म १ सय ५९ जनाले ज्यानको गुमाएको जिल्लाका सबै आईसोलेशन वाड खाली भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् । 
    उनका अनुसार हाल सक्रिय संक्रमित रहेका दुर्ई महिलासहित सबै जनाले आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै होम आईसोलेशनमा वस्ने इच्छा जाहेर गरेकाले सरकारी र स्थानीय तह स्तरबाट निर्माण गरिएका आईसोलेशन वाडका शैयाहरु खाली भएको हो । 
    कोरोनाको जोखिमलाई ध्यानमा राख्दै जिल्लास्थित गजेन्द्रनारायण सिह अस्पताल, साईकृष्णा मेडीकल कलेज, युनिक अस्पताल, छिन्नमस्ता अस्पताल, भारदह अस्पताल, शत्रुघन अस्पताल तथा हनुमाननगर कंकालिनी नगरपालिका, कंचनरुप नगरपालिका र खडक नगरपालिकाका गरी ९ स्थानमा ३ सय भन्दा बढी बेडको आईसोलेशन वाड संचालनमा ल्याइएको थियो । 
    विगतको तुलनामा हाल संक्रमण दर घटेपनि जोखिम भने कायमै रहेकाले सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अझै कडाईका साथ पालना गर्नु पर्ने उनको सुझाव समेत छ ।
    जिल्लामा कोरोनाको पहिलो लहरमा ४१ र दोश्रो लहरमा १ सय १८ गरी १ सय ५९ जनाको ज्यान गएको छ । 
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/17 स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई पक्राउ
 - 2082/07/16 बलात्कार मुद्दाका दोषी कारागारबाट भागेर पीडितसँगै गरे बिवाह
 - 2082/07/16 विद्यालयकै केही जिम्मेवारी पदाधिकारी, जनप्रतिनिधि र शिक्षकबाट आफू असुरक्षित ः प्रअ दास
 - 2082/07/16 लालपूर्जाको माग गर्दै राजविराजवासी पुनः आन्दोलनको तयारीमा
 - 2082/07/13 हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
 - 2082/07/13 प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ
 - 2082/07/12 सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
 - 2082/07/11 विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई रकम असुल्ने पक्राउ
 - 2082/07/11 उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न
 - 2082/07/11 अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै
 
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
 - 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
 - 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
 - 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
 - 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ