News Category 2078/06/05
मोटरसाईकल र पिकअप ठोकिँदा एकको मृत्यु

दैनिक समाचारदाता
राजविराज, ५ असोज ।
सप्तरीको खडक नगरपालिकास्थित सडक खण्डमा मोटरसाईकल र पिकअप भ्यान एक आपसमा ठोकिदा एक जनाको ज्यान गएको छ ।
पुर्वपश्चिम लोकमार्ग अन्तर्गत सो सडक खण्डमा सोमवार दिउँसो पुर्वबाट पश्चिम तर्फ जादै गरेको बा.१४च.६२७९ नम्बरको पिकअप र विपरित दिशा तर्फबाट आउदै गरेको ना.३७.प.३८९४ नम्बरको मोटरसाईकल एक आपसमा ठोकिएको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा मोटरसाईकल चालक पर्सा जिल्लाको जीरा भवानी गाउँपालिका ३ का ३७ वर्षिय शिवशक्ती चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
गम्भीर घाईते भएको उनको स्थानीय गजेन्द्र नारायण सिंह अस्पतालमा सोमवार राती उपचारको क्रममा मृत्यु भएको डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिएका छन् ।
यता ठक्कर दिने गाडी र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/31 अध्यक्ष लेखीको बाल कलाकार, सहनायकदेखी गित, संगीत, गायन र वादकसम्मको यात्रा
- 2082/02/30 दोषिमाथी कारवाही र कामकाज गर्न भयमुक्त वातावरण नभएसम्म काममा नफर्किने कर्मचारीहरुको अडान
- 2082/02/30 राजविराज नगरपालिकामा व्याप्त भ्रष्टाचार भएको भन्दै उच्चस्तरीय छानबिनको माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण
- 2082/02/30 पविमाबि क्रिकेट खेल मैदानको स्तरोन्नती कार्यको शिलान्यास
- 2082/02/30 कन्टेनरले किच्दा मोटरसाइकल चालकको मृत्यु
- 2082/02/30 कर्मचारीमाथी कुटपिट र कार्यालय तोडफोडका घटना खेदपूर्ण, दोषिमाथी कारवाहीको माग ः नेपाली काँग्रेस सप्तरी
- 2082/02/29 कुटपिट, गाली गलौज गर्नेमाथी कारवाहीको माग गर्दै राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित
- 2082/02/29 सहकारी पीडितद्वारा उच्च अदालत अगाडी प्रदर्शन
- 2082/02/29 सुनमा लगाइएको विलासिता कर खारेजीको माग गर्दै सुनचाँदी व्यवसायी आन्दोलित
- 2082/02/29 गर्भ फाल्न नमानेपछी विषादी खुवाएर भ्रुण हत्या
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ