News Category 2078/06/09
दुई महिनाको अवधीमा ११ बालबालिकासहित १९ को डुबेर मृत्यु
दैनिक समाचारदाता
राजविराज, ८ असोज ।
विभिन्न जलाशयमा डुबेर मृत्यु हुने घटनामा सप्तरीमा बृद्वि भई रहेको बेला शुक्रवार थप एक जना बालकको डुबेर ज्यान गएको छ ।
पछिल्लो पटक जिल्लाको बिष्णुपुर गाउँपालिका वडा नं. ५ का कटि निवासी मो. आजादका ३ वर्षिय छोरा रहमद आलिको डुबेर मृत्यु भएको हो । आफ्नै घरको पछाडी रहेको पोखरीको डिलमा खेल्ने क्रममा डिलबाट लड्दा उनी पोखरीमा डुबेका थिए । आफन्तले अलिलाई डुबेको देखेपछि पोखरीबाट बाहिर निकालि उपचारका लागि छिन्नमस्ता अस्पताल राजबिराज ल्याएपछि चिकित्सकले चेक जाच गर्ने क्रममा मृत घोषित गरेका थिए ।
तीन दिन अघि मात्र मंगलवार पनि एकै दिन खडक नगरपालिका ८ कि ३ बर्षिय एलिजा कुमारी चौधरी, तिलाठी कोईलाडी गाउपालिका २ कि १२ बर्षिय सवाना खातुन र महदेवा गाउपालिका ४ कि ३० बर्षिय लक्ष्ण कुमारी सदाको पोखरी र नहरमा डुबेर ज्यान गएको थियो । त्यसको भोलिपल्टै बुधबार महदेवा गाउँपालिका २ की ५ वर्षिया शिवानी मण्डलको पनि नुहाउने क्रममा पोखरीमा डुबेर ज्यान गएको थियो ।
जिल्लामा आर्थिक बर्ष ०७६/७७ मा १५ वालबालिका सहित २७ र ०७७/७८ मा १५ बालबालिका सहित २४ जनाको पानीमा डुबेर ज्यान गएकोमा चालू आब ०७८/७९ को दुई महिना ८ दिन मै ११ बालवालिका सहित १९ जनाको ज्यान गईसकेको प्रहरी तथ्यांक ले देखाएको छ ।
खाल्डा, नदि, नहर र पोखरीले विशेष गरि बालवालिकालाई बढी जोखिममा पारेको तथ्यांकले देखाएको छ । सप्तरीका प्रहरी उपरिक्षक राजेन्द्र धमलाका अनुसार पानीमा डुबेर मृत्यु हुने अधिकांश घटना ग्रामिण क्षेत्रमा घटने गरेको पाईएको छ ।
उनले वर्षा तथा अन्य बेला पनि बालवालिकालाई जथाभाबी बाहिर खेल्न जान दिने तर निगरानी गर्न नसक्दाँ यस्ता दुखद घटनामा बढोतरी भएको बताए ।
प्रहरीले यस बारे निरन्तर विभिन्न माध्यमले सचेत गराउदाँ पनि यस्ता घटनामा बढोतरी हुनु चिन्ताको विषय भएको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/29 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै विगत चार दिनदेखी राजविराजमा जारि रिले अनसनमा चौथो दिन सोमबार निर्माण व्यवसायी संघ सप्तरीका पदाधिकारी तथा सदस्यहरुले ऐक्यबद्धता जनाउँदै रिले अनसनमा सहभागि । तस्बीर ः राजविराज दैनिक
- 2082/08/29 जसपा नेपालद्वारा बिरोध प्रदर्शन
- 2082/08/29 फरार १३ जना प्रतिवादी पक्राउ
- 2082/08/29 खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु
- 2082/08/29 पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
- 2082/08/29 बालवालिकाको लागी प्रभावकारी बन्दै समुन्नति कार्यक्रम
- 2082/08/29 आगो ताप्ने क्रममा जलेर महिला गम्भीर घाइते
- 2082/08/28 पानीमा डुबेर ३ सय ६२ बालबालिकाले ज्यान गुमाए
- 2082/08/28 अनसनप्रति ऐक्यबद्धता जनाउनेहरुको संख्या बढ्दै
- 2082/08/26 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै रिले अनसन सुरु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ