News Category 2078/06/09
सप्तरी विकाशिय दृष्टिकोणले पिछिडिएकोप्रति चिन्ता

राजविराज/नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले पूर्वाधारको प्रचुरता रहँदा रहँदै पनि सप्तरी विकाशिय दृष्टिकोणले पिछिडिएको प्रति चिन्ता व्यक्त गरेका छन् ।
सप्तरी उद्योग वाणिज्य संघको ११औं साधारण सभाको शनिबार राजविराजमा उद्घाटन गर्दै उनले उक्त चिन्ता व्यक्त गरेका हुन् । उनले कुनै पनि ठाउँमा विकासका लागि स्थानीय श्रोत साधनको अधिकतम उपयोग हुनु आवश्यक समेत रहेको बताए ।
पूर्व अध्यक्ष ढकालले विकासको गति अघि बढाउनका लागि जिल्लाका राजनीतिक दल, जनप्रतिनिधि तथा प्रवुद्ध वर्गसित यसबारे छलफल चलाउन आग्रह पनि गरे ।
कार्यक्रममा संघले दुई दशकदेखी पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पुर्याउने सञ्चारकर्मी मनोज कुमार माझीसहित विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान गरेको छ ।
यस्तै शिक्षा र स्वास्थ्यतर्फ शैलेन्द्र मोहन झा, खेलकुद तर्फ पुस्तिका चौधरी, महिला सशक्तिकरणतर्फ मिरा देव र सर्वाधिक राजश्व बुझाउने बाणिज्य तर्फ श्यामबाबा इन्टरप्राईजेज सम्मानित भएका छन् । कार्यक्रमका प्रमुख अतिथि ढकालले उनीहरुलाई कदर पत्रबाट सम्मान गरेका थिए ।
सामाजिक उत्तरदायित्व अन्तरगत सामाजिक काममा उल्लेखनीय भुमिका निर्वाह गरेवापत ग्लोबल आईएमई बैंक, एभरेष्ट बैंक, कृषि विकास बैंक, माछापुच्छ«े बैंकलाई कार्यक्रममा प्रशंसा पत्र प्रदान गरिएको थियो ।
सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण प्रधानको अध्यक्षतामा आयोजित कार्यक्रममा नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, मिडिया काउन्सिल प्रदेश २ का अध्यक्ष शिवहरी प्रसाद भट्टराई, महासंघका डिवी बस्नेत, दुर्गालाल श्रेष्ठ, किशोर प्रधान, जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, महासंघका पूर्व अध्यक्ष कुश कुमार जोशी लगायतले शुभकामाना दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/29 खडक नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टिकरण सोध्दा विवाद
- 2082/04/28 संविधान संशोधन गरी पुर्नलेखन गर्नुपर्र्छ ः अध्यक्ष यादव
- 2082/04/28 निशुल्क आँखा शिविरमा २ सय ६२ जनाले लिए सेवा
- 2082/04/28 करेन्ट लागेर एकको मृत्यु
- 2082/04/27 मधेशमा शिक्षाको अवस्था कमजोर हुनुको मुख्य कारण विद्यालय व्यवस्थापन समिति ः मुख्यमन्त्री सिंह
- 2082/04/27 जिप्रकाबाट कुनै पनि सञ्चारमाध्यम दर्ता प्रक्रियामा नजान आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलको आग्रह
- 2082/04/27 औद्योगिक क्षेत्रको विकासमा मधेश सरकार प्रतिबद्ध छ ः मुख्यमन्त्री सिंह
- 2082/04/26 माइक्रो र बस ठोकिदा सप्तरीका तीन जनासहित पाँचको मृत्यु
- 2082/04/26 राजविराज नगरवासीद्वारा गठित संघर्ष समितिले ग¥यो चौथो चरणको आन्दोलन घोषणा
- 2082/04/26 छुट्टाछुट्टै सवारी दुर्घटनामा एक महिलासहित दुई जनाको मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ