News Category 2078/06/10
पोखरीमा डुबेर पाँच दिनमा ६ जनाको मृत्यु

दैनिक समाचारदाता
राजविराज, १० असोज ।
सप्तरीमा विभिन्न नदी, खोला, पोखरी, खाल्डो लगायतका जलाशयमा डुबेर मृत्यु हुने घटना दिनहुँ बढ्दो छ ।
गत साता मात्रै पाँच बालबालिकासहित ६ जनाको डुबेर मृत्यु भएको प्रहरीको तथ्याङ्कले देखाएको छ ।
यसैबीच शम्भुनाथ नगरपालिका १२ अर्नाहा टोल निवासी महानन्द सरदारका दुई वर्षीय छोरा रामपुकारको शनिबार राति पोखरीमा डुबेर मृत्यु भएको छ ।
घर पछाडि रहेको पोखरीमा डुबी बेहोस भएका उनलाई उपचारका लागि राजविराज ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसअघि शुक्रबार विष्णुपुर गाउँपालिका ५ मा खेलिरहेका आजाद अलीका तीन वर्षीय छोरा रहमतको पोखरीमा डुबेर मृत्यु भएको थियो । महदेवा गाउँपालिका–२ अकबरपुरकी रामचरित्र मण्डलकी पाँच वर्षीया छोरी शिवानीको बुधबार नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको प्रहरीको तथ्याङ्कमा छ ।
यस्तै महदेवा गाउँपालिका ४ परसाहीस्थित सार्वजनिक पोखरीमा मंगलबारसमेत भाँडा धुन गएका बेला अमृत सदाकी छोरी ३० वर्षीया अविवाहिता लक्षनकुमारीको डुबेर मृत्यु भयो । सोही दिन खड्ग नगरपालिका ८ मुसहरनियामा रहेको आफ्नै पोखरीमा राजेशकुमार चौधरीकी छोरी तीन वर्षीया एलिजाकुमारी डुबिरहेको अवस्थामा मृत फेला परिन् । सोहीदिन तिलाठी कोइलाडी गाउँपालिका २ लौनियाकी भतो मन्सुरीकी छोरी १२ वर्षीया सवाना खातुनको नहरमा कपडा धुने क्रममा डुबेर मृत्यु भयो ।
यसअघि जिल्लामा आर्थिक बर्ष २०७६/७७ मा १५ वालबालिकासहित २७ र २०७७/७८ मा १५ बालबालिका सहित २४ जनाको पानीमा डुबेर ज्यान गएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । यस्तै चालू आब २०७८/७९ को नौं हप्ताको अवधीमा १३ बालवालिकासहित २१ जनाको ज्यान गईसकेको प्रहरी तथ्यांकले देखाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ