News Category 2078/06/10
सप्तरीका बाढीपीडितलाई भारत सरकारद्वारा अस्थायी बसोवास सामाग्रि सहयोग

दैनिक समाचारदाता
राजविराज, १० असोज ।
सप्तरीका बाढीपीडितलाई भारत सरकारले अस्थायी बसोवासका लागि विभिन्न सामाग्रि सहयोग प्रदान गरेको छ ।
भारत सरकारले सप्तरीका बाढी तथा आगलागि पीडित परिवारका लागि करिब ४३ लाख मुल्य बराबरका विग टेन्ट ३० थान, सिंगल फेमिली टेन्ट ५५ थान, डबल फेमिलि टेन्ट २५ थान र दुई सय थान म्याट सहयोग प्रदान गरेको हो ।
सप्तरी सदरमुकाम राजविराजमा आइतबार नेपाल–भारत महिला मैत्री समाज काठमाडौंद्वारा आयोजित “बाढी, आगलागि तथा पहिरोबाट पीडित परिवारहरुका लागि अस्थायी बसोवास राहत सामाग्रि हस्तान्तरण कार्यक्रम” मा समाजकी अध्यक्ष समेत रहेकी सांसद चन्दा चौधरीले जानकारी दिइन् ।
यस्तै उनले बाढी, आगलागि तथा पहिरोबाट पीडित परिवारका सप्तरीसहित सिरहा, महोत्तरी, बारा, पर्सा, रौतहट, धनुषा, सर्लाही, रुपन्दही र नवलपरासी गरि १० जिल्लामा पाँच करोड भन्दा बढीको अस्थायी बसोवास सामाग्रि भारत सरकारले उपलब्ध गराएको बताइन् ।
विपद् पीडितहरुका लागि भारत सरकारको तर्फबाट सहयोग स्वरुप प्राप्त राहत सामाग्रि प्रमुख जिल्ला अधिकारी जनार्धन गौतमलाई हस्तान्तरण गर्दै विभिन्न प्रकोपबाट पीडामा परेका जिल्लाका बास्तविक पीडितहरुको पहिचान गरि त्यहासम्म पुर्याइदिन अनुरोध पनि गरिन् ।
उनले विभिन्न खाले विपद्मा परेर घरबार विहीन भएकाहरुको अस्थायी बसोवासका लागि भारत सरकारले ५ करोड ३९ लाख ४० हजार ८ सय मुल्य बराबरको राहत सामाग्रि आफ्नो संस्था मार्फत सहयोग गरेको बताउँदै यसको सदुपयोग हुनु पर्नेमा जोड दिईन् ।
जिल्लाका पीडितहरुका लागि प्राप्त सहयोग बुझ्दै प्रमुख जिल्ला अधिकारी गौतमले सम्बन्धीत ठाउँका जनप्रतिनिधी र स्थानिय भरभलादमीको समन्वयमा बास्तविक पीडितको पहिचान र आवश्यक प्रक्रिया पुरा गरि छिटै बितरण गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा लोसपा नेता सुनिल झा, दिपेन्द्र चौधरी, अमरनाथ मण्डल, राजविराज नगरपालिकाकी उपप्रमुख साधना झा, पत्रकार महासंघ सप्तरीका कोषाध्यक्ष नवीन कुमार गुप्तालगायतले सहयोगका लागि भारत सरकारप्रति आभार व्यक्त गर्दै प्राप्त सहयोगको सदुपयोग हुनुपर्नेमा जोड दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/29 खडक नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टिकरण सोध्दा विवाद
- 2082/04/28 संविधान संशोधन गरी पुर्नलेखन गर्नुपर्र्छ ः अध्यक्ष यादव
- 2082/04/28 निशुल्क आँखा शिविरमा २ सय ६२ जनाले लिए सेवा
- 2082/04/28 करेन्ट लागेर एकको मृत्यु
- 2082/04/27 मधेशमा शिक्षाको अवस्था कमजोर हुनुको मुख्य कारण विद्यालय व्यवस्थापन समिति ः मुख्यमन्त्री सिंह
- 2082/04/27 जिप्रकाबाट कुनै पनि सञ्चारमाध्यम दर्ता प्रक्रियामा नजान आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलको आग्रह
- 2082/04/27 औद्योगिक क्षेत्रको विकासमा मधेश सरकार प्रतिबद्ध छ ः मुख्यमन्त्री सिंह
- 2082/04/26 माइक्रो र बस ठोकिदा सप्तरीका तीन जनासहित पाँचको मृत्यु
- 2082/04/26 राजविराज नगरवासीद्वारा गठित संघर्ष समितिले ग¥यो चौथो चरणको आन्दोलन घोषणा
- 2082/04/26 छुट्टाछुट्टै सवारी दुर्घटनामा एक महिलासहित दुई जनाको मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ