News Category 2078/06/12
बाल विकास केन्द्रका महिला शिक्षक तथा कर्मचारीहरु धर्नामा
दैनिक समाचारदाता
राजविराज, ११ असोज ।
सप्तरीका बाल विकास केन्द्रका शिक्षक पदमा कार्यरत महिलाहरु तथा कर्मचारीहरु धर्नामा वसेका छन् ।
सरकारले गरेको व्यवस्था अनुसार स्थानीय तहले तलब सुविधा नदिएपछि उनीहरु सोमवार विहान १० वजे कार्यालय खुल्नासाथ राजविराज नगरपालिका कार्यालयको प्रागंनमा धर्नामा वसेका हुन् ।
वर्षाैदेखी आपुृmहरुले उठाउँदै आएको जायज माग पुरा नभएपछि बाध्य भएर धर्नामा वसेको उनीहरुले बताएका छन् । माग सुनवाई नभए मंगलवारदेखी दैनिक एक घण्टा धर्नाको समय बढाउँदै लगिने संघर्ष समितीकी सचिव विभा झाले जानकारी दिएकी छिन् ।
यस अघि असोज ४ गते राजविराज नगरपालिकाको कार्यालयलाई ज्ञापनपत्र तथा जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई र जिल्ला समनवय समितिमा सोको बोदार्थ पत्र बुझाउँदै आन्दोलनका कार्यक्रम उनीहरुले सार्वजनिक गरेका थिए ।
बाल शिक्षक र विद्यालयका कर्मचारीद्वारा गठित संघर्ष समितिको अगुवाईमा बुझाइएको सो ज्ञापनपत्रमा आफूहरुको जायज माग पुरा गर्न नगरपालिकाले कुनै चासो नदेखाएकाले चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य भएको उल्लेख गरेका थिए ।
ज्ञापन पत्रमार्फत नै आन्दोलन कार्यक्रम सार्वजनिक गरेका उनीहरुले असोज ८ गते कालोपटी बाधेर पठनपाठनमा सहभागि भएका थिए भने असोज ९ गते सरोकारवालाहरुलाई राखेर अन्तरक्रिया गरेका थिए । यस्तै असोज १० गते पेनडाउन र पूर्व घोषित कार्यक्रम अनुसार सोमबार राजविराज नगरपालिका कार्यालयमा धर्ना बसेका हुन् ।
संघर्ष समितिका अध्यक्ष सुमित्रा दासले सरकारद्वारा बाल शिक्षक र विद्यालय कर्मचारीको तलब मासिक १५ हजारका दरले कायम गरिए पनि आफूहरु सो सेवा सुविधाबाट बञ्चित रहेको र यसबारे पटक पटक नगरपालिकाको ध्यानाकर्षण गराउँदा पनि आश्वासन बाहेक केही पाउन नसकेको गुनासो पोखिन ।
संघर्ष समितिका सदस्य सचिव झाले बाल शिक्षक र विद्यालय कर्मचारीको मासिक तलबमा दुई हजार संघीय सरकार र बाँकी नपुग रकम सम्बन्धीत स्थानिय तहले ब्यहोर्ने ब्यवस्था भएपनि राजविराज नगरपालिकाले दिन नमानेको सुनाईन् ।
उनले यसबारे सर्वोच्च अदालतमा मुद्दा हाल्दा आफूहरुको पक्षमा फैसला भएपनि कार्यान्वयनमा राजविराज नगरपालिकाले चासो नदेखाएको गुनासो पोख्दै न्यायोचित माग पूरा गराउन आन्दोलनको बाटो रोज्न बाध्य भएको सुनाइन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ