News Category 2078/06/12
बाल विकास केन्द्रका महिला शिक्षक तथा कर्मचारीहरु धर्नामा

दैनिक समाचारदाता
राजविराज, ११ असोज ।
सप्तरीका बाल विकास केन्द्रका शिक्षक पदमा कार्यरत महिलाहरु तथा कर्मचारीहरु धर्नामा वसेका छन् ।
सरकारले गरेको व्यवस्था अनुसार स्थानीय तहले तलब सुविधा नदिएपछि उनीहरु सोमवार विहान १० वजे कार्यालय खुल्नासाथ राजविराज नगरपालिका कार्यालयको प्रागंनमा धर्नामा वसेका हुन् ।
वर्षाैदेखी आपुृmहरुले उठाउँदै आएको जायज माग पुरा नभएपछि बाध्य भएर धर्नामा वसेको उनीहरुले बताएका छन् । माग सुनवाई नभए मंगलवारदेखी दैनिक एक घण्टा धर्नाको समय बढाउँदै लगिने संघर्ष समितीकी सचिव विभा झाले जानकारी दिएकी छिन् ।
यस अघि असोज ४ गते राजविराज नगरपालिकाको कार्यालयलाई ज्ञापनपत्र तथा जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई र जिल्ला समनवय समितिमा सोको बोदार्थ पत्र बुझाउँदै आन्दोलनका कार्यक्रम उनीहरुले सार्वजनिक गरेका थिए ।
बाल शिक्षक र विद्यालयका कर्मचारीद्वारा गठित संघर्ष समितिको अगुवाईमा बुझाइएको सो ज्ञापनपत्रमा आफूहरुको जायज माग पुरा गर्न नगरपालिकाले कुनै चासो नदेखाएकाले चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य भएको उल्लेख गरेका थिए ।
ज्ञापन पत्रमार्फत नै आन्दोलन कार्यक्रम सार्वजनिक गरेका उनीहरुले असोज ८ गते कालोपटी बाधेर पठनपाठनमा सहभागि भएका थिए भने असोज ९ गते सरोकारवालाहरुलाई राखेर अन्तरक्रिया गरेका थिए । यस्तै असोज १० गते पेनडाउन र पूर्व घोषित कार्यक्रम अनुसार सोमबार राजविराज नगरपालिका कार्यालयमा धर्ना बसेका हुन् ।
संघर्ष समितिका अध्यक्ष सुमित्रा दासले सरकारद्वारा बाल शिक्षक र विद्यालय कर्मचारीको तलब मासिक १५ हजारका दरले कायम गरिए पनि आफूहरु सो सेवा सुविधाबाट बञ्चित रहेको र यसबारे पटक पटक नगरपालिकाको ध्यानाकर्षण गराउँदा पनि आश्वासन बाहेक केही पाउन नसकेको गुनासो पोखिन ।
संघर्ष समितिका सदस्य सचिव झाले बाल शिक्षक र विद्यालय कर्मचारीको मासिक तलबमा दुई हजार संघीय सरकार र बाँकी नपुग रकम सम्बन्धीत स्थानिय तहले ब्यहोर्ने ब्यवस्था भएपनि राजविराज नगरपालिकाले दिन नमानेको सुनाईन् ।
उनले यसबारे सर्वोच्च अदालतमा मुद्दा हाल्दा आफूहरुको पक्षमा फैसला भएपनि कार्यान्वयनमा राजविराज नगरपालिकाले चासो नदेखाएको गुनासो पोख्दै न्यायोचित माग पूरा गराउन आन्दोलनको बाटो रोज्न बाध्य भएको सुनाइन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ