News Category 2078/06/12

व्यवस्थापन समिति र प्रअको मिलोमतोमा सूचना लुकाइएको आरोप, व्यवस्थापन समितिको दवाबमा सूचना दिन असमर्थ : प्रअ

दैनिक समाचारदाता

व्यवस्थापन समिति र प्रअको मिलोमतोमा सूचना लुकाइएको आरोप, व्यवस्थापन समितिको दवाबमा सूचना दिन असमर्थ : प्रअ

दैनिक समाचारदाता
राजविराज, ११ असोज ।
    सप्तरीको विष्णुपुर गाउँपालिका १ खुरहुरियास्थित श्री जनता माध्यमिक विद्यालयको हरहिसाब तथा कर्मचारी र प्रअ नियुक्ति बारेको विवरण माग गर्दा नदिएपछि विवाद उत्कर्षमा पुगेको छ ।
    व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकले उक्त विवरण उपलब्ध नगराएको भन्दै स्थानिय अभिभावक आन्दोलनकै घोषणा गरेपछि विवाद उत्कर्षमा पुगेको हो । 


    भदौं २८ गते सूचनाको निवेदन दिएपछि असोज १० गते विद्यालयका प्रअ रामनारायण यादवले व्यवस्थापन समितिको दवावमा उक्त सूचना उपलब्ध गराउन नसक्ने लिखित जवाफ दिएपछि स्थानिय अभिभावक तथा विद्यालय व्यवस्थापन समितिका पूर्व पदाधिकारीहरुले सोमबार विद्यालय परिसरमै पत्रकार सम्मेलनको आयोजना गरि आन्दोलन समेत गर्ने घोषणा गरेका छन् । 
    पत्रकार सम्मेलनमा विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष जयनारायण यादवले लामो समयदेखी हरहिसाब तथा कर्मचारी र प्रअ नियुक्तिको विषयमा गरिएको विज्ञापन बारे रितपूर्वक निवेदन दिई सूचना माग्दा पनि नदिएको आरोप लगाए । 
    उनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चितरन्जन यादव तथा प्रधानाध्यापक रामनारायण यादवको मिलोमतोमा सूचना लुकाउने काम भएकोले जितिया पर्व सके लगत्तै धर्ना र तालाबन्दी लगायतका आन्दोलन कार्यक्रम गर्ने अभिभावक भेलाबाट निर्णय भएको जानकारी दिए । 
    पत्रकार सम्मेलनमा अभिभावक दिलिपकुमार यादवले विद्यालय व्यवस्थापन समिति र प्रअले सूचना दिन नमानेपछि अभिभावक तथा स्थानिय समाजका भरभलादमीको बैठकबाट तीन बुँदे निर्णय गरिएको बताए । 
    उनले विद्यालयका विगतका प्रअहरुबाट भएको बरबुझारत, कर्मचारी नियुक्ती बारे गरेको भनिएको विज्ञापन विवरण, बैंक स्टेटमेन्ट तथा विद्यालयको आयव्यय विवरण माग्ने निर्णय भए बमोजिम पत्राचार गरेको लामो समय बितिसक्दा पनि उपलब्ध नगराएको गुनासो पोखे । 
    सो बारे शिक्षा मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्र, राष्ट्रिय सूचना केन्द्र, शिक्षा समन्वय इकाई शाखा, विष्णुपुर गाउँपालिकाको कार्यालयका साथै प्रदेश २ को सामाजिक विकास मन्त्रालयमा समेत पत्राचार गरिसकिएको उनको भनाई छ । 


    यता प्रअ यादवले आफूले सूचना नलुकाएको दाबी गर्दै व्यवस्थापन समितिको दवावमा उपलब्ध गराउन नसकेको भन्दै समितिले आफूलाई स्पष्टिकरण सोधेकाले दबाबमा सूचना दिन नसकेको जवाफ फर्काएका छन् । 
    उनले सूचना माँग गर्दै स्थानिय अभिभावकले बुझाएको पत्रको जवाफ फर्काउँदै असोज १० गते च.न. ३६ को पत्रमा “तपाईहरुले मागेको विवरण विद्यालय व्यवस्थापन समितिको दवावका कारण उपलब्ध गराउन असमर्थ छौं ।” उल्लेख गरेका छन् ।  

प्रतिकृया दिनुहोस

ताजा अपडेट