News Category 2078/06/12

उपवासमा बसेकी महिला बाल  शिक्षकहरुद्वारा दोश्रो दिन पनि धर्ना

दैनिक समाचारदाता

उपवासमा बसेकी महिला बाल  शिक्षकहरुद्वारा दोश्रो दिन पनि धर्ना

दैनिक समाचारदाता
राजविराज, १२ असोज । 
    जितिया पर्वको उपवासमा बसेकी सप्तरीका बाल शिक्षकहरुद्वारा मंगलबार दोश्रो दिन पनि धर्नालाई निरन्तरता दिएका छन् । 
    सरकारले बृद्धि गरेको तलब उपलब्ध नगराएको भन्दै आन्दोलनमा उत्रेका महिला बाल शिक्षकहरुले दोश्रो दिन पनि राजविराज नगरपालिका कार्यालयमा दुई घण्टा धर्ना दिएका हुन् । 
    अघिल्लोे दिन एक घण्टा धर्नामा बसेकी महिला शिक्षिकाहरुले दोश्रो दिन उनीहरुले बिहान ११ बजेदेखी दिनको १ बजेसम्म दुई घण्टा नगरपालिका कार्यालय परिसरमा धर्ना दिए ।
    विद्यालयका बाल शिक्षक, बाल विकास सहयोगि र कर्मचारीको सरकारले तलब बृद्धि गरेपनि आफूहरुले नपाएको गुनासो गर्दै धर्नामा बसेको बताएका छन् । 
    यसअघि ज्ञापन पत्र बुझाउने, पेन डाउन गर्ने, हातमा कालो पट्टी बाँधेर पठनपाठनमा सहभागि हुने। सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम र धर्ना लगायत कार्यक्रम गरेकोमा प्रथम चरणको आन्दोलन कार्यक्रम मंगलबार सम्पन्न भएको र माग पूरा नगरिए जितिया पर्व सम्पन्न भएपछि दोश्रो चरणको आन्दोलन कार्यक्रम पत्रकार सम्मेलन मार्फत घोषणा गरिने संघर्ष समितिले जनाएको छ । 
    नेपाल सरकारको २०७८ को बजेट अनुसार बृद्धि गरेको २ हजार र स्थानिय सरकारबाट ७ हजार दिने भनिएपनि आफूहरु पाउन नसकेको संघर्ष समितिकी सदस्य सचिव विभा झाको भनाई छ । 
    पहिलादेखी पाइरहेको ६ हजार र थप गरिएको २ हजार गरि ८ हजार तथा सम्बन्धीत नगरपालिका र गाउँपालिकाबाट ७ हजार थप गरि १५ हजार तलब दिनु पर्ने आन्दोलनकारी शिक्षिकाहरुको भनाई छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट